Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

श्री कालीमाता मन्दिर मेउडिहवाको साधारणसभा,  सहयोगीलाई सम्मान


  • लुम्बिनी चिन्तन
  • चैत्र ८, २०७७ आइतवार
  • 706
    SHARES

श्री कालीमाता मन्दिर मेउडिहवाको साधारणसभा,  सहयोगीलाई सम्मान

भैरहवा । श्री कालीमाता मन्दिर सिद्धार्थनगर २ मेउडिहवाको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
जिर्ण अवस्थामा रहेको मन्दिरमा करीब २५ लाख लगानी गरी संरचना पुर्ननिर्माण गरिएको मन्दिर संरक्षण समितिका अध्यक्ष शिव शंकर गुप्ताले जानकारी दिए ।
अध्यक्ष गुप्ताको अध्यक्षतामा तथा संविधानसभा सदस्य ईस्तियाक अहमद खानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डे, वडा अध्यक्ष दिपक कुमार थापा, मायादेवी फाउण्डेशनका संस्थापक रवि कुमार रौनियार लगायतले बोल्दै धर्मले सामाजिक भावनामा सकारात्मक उर्जा दिने बताए ।FB_IMG_1616343432136.jpg
जुनसुकै धार्मिकस्थल,मठमन्दिरको संरक्षण गर्ने र यी स्थललाई पर्यटनसंग जोड्न सके नगरको समेत विकास हुने धारणा राखे । कार्यक्रममा प्रमुख अतिथि खानले सिद्धार्थनगर भित्रका सबै  धार्मिक स्थलको संरक्षणमा आफुले सहयोग गर्ने बताए । सो अवसरमा मन्दिरलाई आर्थिक सहयोग गर्ने करीब दुईसय जनालाई सम्मानपत्रले सम्मान गरिएको थियो ।

news.jpg
सो अवसरमा पुर्व वडा अध्यक्ष छेदिलाल श्रीवास्तव, श्रीराम गुपता,विभिन्न संघसंस्थाका प्रतिनिधि,वडा सदस्य लगायतको उपस्थिति रहेको थियो । समितिका सह काेषाध्यक्ष विजय यादवको स्वागत तथा पत्रकार सम्झना शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमपुर्व विभिन्न झांकी सहितको धार्मिक रयालीले सिद्धार्थनगरको परिक्रममा गरेको थियो । मन्दिरको व्यवस्थापनका लागि  १९ सदस्यीय कालिमाता मन्दिर संरक्षण समिति गठन गरिएको छ । जसको अध्यक्षमा शिव शंकर गुप्ता, उपाध्यक्षमा राजेश कुमार तेली, सचिवमा वलदेव अहिर,सहसचिवमा निरन्जन कुमार गुप्ता, कोषाध्यक्षमा सोमई बनिया, सहकोषाध्यक्षमा विजयी यादव रहेका छन् । सदस्यमा नन्दलाल बनिया, सुरेन्द्र बढई, कृष्ण मुरारी बढई, रितेस कुमार गुप्ता तेली, गिता कहार, राजमति कोहार, अमरवति भर, गायत्री कोहार यस्तै सल्लाहकारमा  दिपक यादव,  राम वचन गुप्ता, सरोज बनिया,राजकुमार यादव, सुरेन्द्र गुप्ता रहेका छन् । सल्लाहकार दिपक यादवको भने स्वार्गारोहण भईसकेको छ ।FB_IMG_1616343411728.jpg

 


लुम्बिनी चिन्तन

थप समाचार