Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

नेवा खःल सिद्धार्थनगरको २३ औं वार्षिक साधारणसभा सम्पन्न


  • लुम्बिनी चिन्तन
  • चैत्र ११, २०७९ शनिवार
  • 246
    SHARES

नेवा खःल सिद्धार्थनगरको २३ औं वार्षिक साधारणसभा सम्पन्न


भैरहवा चैत्र ११/
नेवा खःल सिद्धार्थनगरको २३ औं वार्षिक साधारणसभा तथा १८ औं अधिवेशन भैरहवामा शनिवार सम्पन्न भएको छ ।
खःलका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य सन्तोष पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन सत्रमा बोल्ने वतmाहरुले नेवारी समुदायको भाष,संस्कृतिलाई संरक्षण गनुपर्ने धारणा राखे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेले नेवारी कल्चर देशको पहिचान भएकोले यसको प्रवद्धन तथा संरक्षणका लागि प्रदेश सरकारमा पहल गर्ने बताउनभयो । सोही अवसरमा उहांले नेपालमा भारतीय प्रर्यटकलाई प्राथमिकतामा राख्न सके पर्यटन प्रवद्धनमा टेवा पुग्ने बताउनुभयो । 

11.jpg
यसका लागि नेपालमा आउने भारतीय नागरिकले ल्याउन पाउने आईसी रुपैयाको सिमा दर बढाएर चार लाख माथि पुरयाउन र सिमा देखि १० किलोमिटरमा भारतीय सवारी सहजरुपमा चल्न दिने वातावरण सृजना गर्नुपर्ने धारणा राख्नुभयो । 
खःलका उपाध्यक्ष चन्द्रभतm श्रेष्ठको स्वागत , सचिव सुरेश शेखर बज्राचार्यको संचालनमा सम्पन्न कार्यक्रममा खःलका पुर्व अध्यक्ष लता प्रधान, सल्लाहकार मिना श्रेष्ठ, साहित्यकार वनमाली निराकार, सिद्धार्थनगर नगरपालिका वडानम्बर ६का वडााध्यक्ष विरेन्द्र श्रीवास्तव, नेवा जेयडबु रुपन्देहीका अध्यक्ष रुद्र श्रेष्ठ, वैश्ण धेर्म सेवा समितिका अध्यक्ष विनिता श्रेष्ठ, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, लुम्बिनी प्रस क्लबका अध्यक्ष सम्झना शर्मा लगायतले शुभकामना मन्तव्य व्यतm गर्दै नेवा खःलले नेवार सुमुदायलाई एकत्रित गर्दै सामाजिक सद्भावमा समेत भुमिका खेलेको बताए । 
खःलले संस्थालाई सहयोग पुरयाउने विभिन्न व्यतिm तथा सामुदायबाट ईन्जिनियर, डाक्टर हुने खःलका परिवारका सदस्य, उत्कृष्ट अंक ल्याउने विद्यार्थी लगायतलाई सम्मान गरेको थियो । 


लुम्बिनी चिन्तन

थप समाचार