Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सुरक्षाको माग गर्दै लघुबित्त संस्थाहरु द्धारा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बुझाए ज्ञापनपत्र


  • लुम्बिनी चिन्तन
  • चैत्र ३, २०७९ शुक्रवार
  • 1.2K
    SHARES

सुरक्षाको माग गर्दै लघुबित्त संस्थाहरु द्धारा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बुझाए ज्ञापनपत्र


भैरहवा चैत्र ३/
सुरक्षाको माग गर्दै लघुबित्त संस्थाहरु द्धारा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापनपत्र बुझाएका छन् । जिल्लाको बिभिन्न स्थानहरुमा लघुबित्तका कर्मचारीहरु माथी हातपात गर्ने कालोमोसो दल्ने जस्ता कार्यहरु भएकाले सुरक्षाको माग गर्दै जिल्ला प्रसाशन कार्यालय रुपन्देहीमा ज्ञापनपत्र बुझाएको लघुवित्त कर्मचारी मिलन केन्द्रका अध्यक्ष खुमानन्द पोखरेलले बताए । 
चैत्र १ गते सबैको लघुवित्त वित्तिय संस्था लि. नयामिल शाखा कार्यलय, र उन्नति सहकार्य लघुवित्त वित्तिय संस्थाको शाखा कार्यलय शंकरपुर तथा घरेलु समता लघुवित्त शाखा कार्यलय चन्द्रौटामा आक्रमण तथा तालाबन्दी भएको जनाईएको छ । 

vv.jpg
केही अज्ञात समुहहरुले कार्यालयमा तालाबन्दी तथा हातपात गरी विभिन्न सामाजिक अभियान्ता, लघुवित्त विरुद्धको संघर्ष समितिको नाममा सामूहिक व्यक्तिहरुको समूहले अनैतिक तथा अराजक जस्तै कालोमोसो संस्थामा तालाबन्दी कर्मचारी माथि हातपात डर धम्की जस्ता कार्यहरुहुने गरेकोले यस्ता किसिमका गतिविधि तथा कार्य हुदै गएमा बैंक तथा वित्तिय संस्थाले दिने घर दैलो सेवामा ठूलो समस्या पर्ने तथा कर्मचारीहरु असुरक्षित भई त्रासपूर्ण वातावरणमा कार्य गर्नु पर्ने भएकोले यस्ता किसिमका कार्य गतिविधि प्रति लघुवित्त मिलन केन्द्र रुपन्देही घोर भर्सना गर्दछौ बिज्ञप्तीमा उल्ल्ेख छ । 
सेवा प्रवाह गर्ने उदेश्य ले खोलिएको लघुवित्त वित्तिय संस्थाको कारोबार र संस्थामा कार्यरत कर्मचारीहरु माथि पर्ने असर को जिम्मा कस्ले लिने ।

 लघुवित्तको कर्मचारी माथि कालोमोसो दल्ने घटनाले देश भरि नै अराजक तत्वहरुको मनोबल झनै बढदै जाने भएकोले भावी दिनहरुमा जुनसुकै यस्ता संस्थामा कार्यरत जो कोही कर्मचारीहरु माथि पनि यस्ता अमानविय व्यवहार अराजक गतिविधि हुन सक्ने भएको ले कर्मचारीहरुको ज्युधनको सुरक्षाको माग गर्दछौ बिज्ञप्तीमा भनिएको छ ।
नेपाल राष्ट्र बैंक बाट ईजाजत प्राप्त घ वर्गको वित्तिय संस्थाको रुपमा बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ को दफा ४९ को उपदफा ४ तथा राष्ट्र बैंक बाट जारी निर्देशन एवम सर्त हरुको अधिनमा रही वित्तिय कारोबार सञ्चालन गर्न ईजाजत प्राप्त विभिन्न लघुवित्त संस्थाका शाखा कार्यलयहरु खोलि यस रुपन्देही जिल्लामा वित्तिय कारोबार गरिरहेको  अवगत नै छ बिज्ञप्तीमा भनिएको छ । 
केही दिन देखी भैरहेका कार्यको ध्यान आकर्षण गराउदछौ । यस स्थितिलाई गम्भिर तवरले सोचेर यस्ता अपराधजनक कार्यविधि गर्ने गराउने व्यतिm समूहलाई आवश्यक कारबाहीका लागि सिफारिस तथा शान्ति सुरक्षाको व्यवस्था गरी बैंक तथा वित्तिय संस्थालाई सहज रुपमा कार्यसम्पादन गर्ने वातावरण मिलाईदिनुहुन तपशील बमोजिमका लघुवित्त वित्तिय संस्थालाई सहज रुपमा कार्य सम्पादन गर्ने वातावरण मिलाईदिनुहुन माग बिभिन्न २९ वटा संस्थाहरुले ज्ञापनपत्र बुझाएका छन् । 


लुम्बिनी चिन्तन

थप समाचार