Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको भैरहवामा जारी पांचौ प्रदेशसभा सम्पन्न


  • लुम्बिनी चिन्तन
  • फाल्गुण २९, २०७९ सोमवार
  • 354
    SHARES

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको  भैरहवामा जारी पांचौ प्रदेशसभा सम्पन्न

भैरहवा फागन २८।

उद्योगी व्यवसायी, सरकार र उपभोतmा एकआपसमा मिलेरमात्र अहिलेको आर्थिक शंकट टार्न सकिने नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले बताउनु भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको  भैरहवामा जारी पांचौ प्रदेशसभा कार्यक्रमको शनिवार उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले उद्योगी व्यवसायी आर्थिक संकटको चपेटामा रहेको यो अवस्थामा संवाद र छलफलबाट सही निकास निकाल्न सकिने विश्वास व्यतm गर्नुभयो । 

कार्यक्रममा अध्यक्षको मन्तव्य व्यतm गर्दै महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले व्यवसायीहरु बैंकको व्याज तिर्न नसकेर निराश भएको अवस्थामा हार र जितको औचित्य नहुने भन्दै आगामी कार्यकालका लागि सहमतिबाटै महासंघको प्रदेश कमिटी चुनिने जानकारी दिनुभयो । 

add a.jpg

संघका अध्यक्ष शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाका नगर जिल्ला उद्योग वाणिज्य संघबाट प्रतिनिधि सहभागी बनेका छन् ।  महासंघको पांचौ प्रदेशसभामा आफ्ना शुभकामना मन्तव्य वयतm गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खानले प्रदेशको कार्यक्रमका लागि ऐतिहासिक स्थल सिद्धार्थनगरलाई रोजेकोमा महासंघलाई धन्यावाद दिनुभयो । उद्योगी व्यवसायीका समस्या जटील रहेको भन्दै सरकार नै यसमा गम्भिर हुनुपर्ने उहांको धारणा थियो ।

add 1.jpgसो अवसरमा  कोहलपुर नगरपालिकाका उपप्रमुख संगिता सुवेदी , रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञ प्रसाद मल्ल, सुनवल नगरपालिकाका पुर्वमेयर तथा उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य भीम बहादुर थापा, नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोख्रेल,नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष नेत्र प्रसाद पाठक, उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष गुणनिधि तिवारी नेपाल उद्योग वािणज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदम महादुर शाही लगायतले शुभकामना मन्तव्य व्यतm गनुभयो ।  सोही अवसरमा महासंघले बुद्धभुमी उद्योग वाणिज्य संघका अध्यक्ष शुभलाल  भुषाललाई नगद ४१ ह्जार सहित सम्मान गरिएको थियो ।

 


लुम्बिनी चिन्तन

थप समाचार