भैरहवा फागुन २५/
ढुंगा र बोतलले हानेर युवाको हत्या गर्ने तीन जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सैनामैना नगरपालिका २ का शिशिर थारु, अर्घाखाँची घर भई सैनामैना २ बस्ने ध्रुव बीसी‚ नवलपरासी बर्दघाट घर भई सैनामैना बावरी होटलमा काम गर्ने शेरबहादुर बोहोरा हुन् ।
उनीहरूले ढुंगाले हानेर मंगलबार राति करिब ३५ वर्षीय एक युवकको हत्या गरेका थिए । बुधबार बिहान सैनामैनाको बाबरी होटल नजिक मृत भेटिएका युवाको पहिचान भने खुलेको छैन ।


नाच सकिएपछि साँझ अपरिचित अवस्थामै उनीहरू साझ रेस्टुरेन्टमा गएर मदिरा खाएर मात्तिएपछि विवाद गर्दै कुटाकुट गरेका थिए । सैनामैना-२ उछडिहवामा रहेको कोसेली रेस्टुरेन्टमा मदिराले लट्ठिएका ४ युवाहरूबीच आपसमा विवाद बढ्दै जाँदा अपरिचित एकको हत्याको योजना बनेको प्रहरीले जनाएको छ । युवकको हत्यापछि लुकिछिपी बसेका उनीहरूलाई सैनामैनाका विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
