Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

साढे दुई किलो चरेससहित एक महिला पक्राउ


  • लुम्बिनी चिन्तन
  • फाल्गुण २५, २०७९ बिहिवार
  • 348
    SHARES

साढे दुई किलो चरेससहित एक महिला पक्राउ

भैरहवा फागुन २५/

साढे दुई किलो चरेससहित रूपन्देहीको भैरहवाबाट एक जना महिला पक्राउ परेकी छन्।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका वडा नं. १ बेलहिया बसपार्कबाट बुधबार उनलाई पक्राउ गरिएको हो।

बुधबार साँझ ८ बजेतिर बेलहिया बसपार्कबाट सुनौलीतर्फ जाँदै गरेकी बाग्लुङको निसिखोला गाउँपालिका वडा नं. ६ बस्ने ३६ वर्षीया लालसरा घर्तीलाई लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

add b.jpgadd b.jpg

शंकास्पद रूपमा हिँडिरहेकी घर्तीलाई रोकी सोधपुछ र चेक गर्दा उनको साथबाट साढे दुई किलो चरेस बरामद गरिएको प्रहरीले जनाएको छ।

 

प्रहरीले पक्राउ परेकी घर्तीमाथि अनुसन्धान सुरू गरेको जनाएको छ।

add 2.jpg
 


लुम्बिनी चिन्तन

थप समाचार