Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

सात महिला श्रमिक–उद्यमी सम्मानित


  • लुम्बिनी चिन्तन
  • फाल्गुण २४, २०७९ बुधवार
  • 282
    SHARES

सात महिला श्रमिक–उद्यमी सम्मानित

 

भैरहवा, २४ फागुन ।

११३ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बुधबार सिद्धार्थनगर  नगरपालिकाको कार्यालयले स्थानीय सात जना महिला श्रमिक र उद्यमीलाई सम्मान गरेको छ ।

नगरपालिकाले प्रोत्साहन स्वरुप आत्मनिर्भर बनेका सिद्धार्थनगर ९ की ब्युटिपार्लर प्रशिक्षक तथा उद्यमी महिला शिलाकुमारी शर्मा, पूर्वेली खुकुरी उद्योग संचालन गर्दै आएकी वडा नम्बर २ की सलुजा सेन्चुरी, बेकरी उद्योग संचालक वडा नम्बर ८ की विष्णुमाया शर्मा पौडेललाई सम्मान गरेको छ । यस्तै, अचार उद्योग संचालन गर्दै आएकी वडा नम्बर ३ की महिला उद्यमी कमला दलामी, पान व्यवसायी वडा नम्बर ३ की मेनुका लोहार, ठेलामा व्यापार गरेर आत्मनिर्भर बनिरहेकी वडा नम्बर १ की तारादेवी जैसवाल र महिला श्रमिक एवं ई–रिक्सा चालक वडा नम्बर १२ निवासी विमला रोकालाई नगरपालिकाले सम्मान गरेको हो ।

उनीहरुलाई प्रमाण पत्रले सम्मान गरेर र व्यवसायमा हौसला प्रदान गरिएको उपप्रमुख अधिकारीले बताइन् । सम्मानति महिलाहरुलाई नगर प्रमुख इश्तियाक अहमद खान, उपप्रमुख अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत चेतनशील लम्साल, लेखा अधिकृत ओमेश कुमार गैरे लगायतले सम्मानपत्र प्रदान गरेका थिए ।


लुम्बिनी चिन्तन

थप समाचार