Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

कर्मचारी युनियन लुम्विनि प्रदेशको अध्यक्षमा अमित रेस्मी मगर


  • लुम्बिनी चिन्तन
  • फाल्गुण २४, २०७९ बुधवार
  • 306
    SHARES

कर्मचारी युनियन लुम्विनि प्रदेशको अध्यक्षमा अमित रेस्मी मगर


भैरहवा फागुन २१

नेपाल विधुत प्राधिकरण कर्मचारी युनियन लुम्विनि प्रदेशको ११ अधिबेशनले अमित रेस्मी मगरको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमित चयन गरेको छ । अधिबेशनले उपाध्यक्षमा लुमाकान्त पाण्डे सचिव दिनेश पाण्डे ,सहसचिव सचिन श्रेष्ठ र कोषध्यक्षमा मनोज भण्डारीलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

तेस्तै कार्यसमितिको सदस्य हरुमा मुकुन्द जोसि,सुनिल रावत , खुमबहादुर खत्रि, रमेश केसि,केस, बहादुर मल्ल,तिलाचन पाण्डे लाई चयन गरेको छ । तेस्तै सदस्यमै कुसराज अर्याल, धुव्रराज ज्ञवालि, पुनराम चौधरी, लोक बहादुर वियम्वु, बिष्णु मायाँ अर्याल ,जगत भुसाल ,कल्पना खनाल,नारायण बस्याल,नारायण थापा,जितेन्द्र नायक,सिताराम चौधरी,प्रमिला भुसाल, कमला न्यौपाने, भिमा अस्लामि मगर सुभास काप्ले,उर्मिला साहा, विजय विक्रम सोमरे लाई अधिवेशन ले सर्व सम्मत चयन गरेको छ ।

लुम्विनी प्रदेश ११ अधिवेशनले निवर्तमा अध्यक्ष कल्पना थापा सहित ३१ सदस्य केन्द्रीय महाधिबेशन प्रतिनिधि समेत चयन गरेको छ । निर्बाचित कार्य समितिलाई नेपाल विद्धुत प्राधिकरण कर्मचारी युनियनका केन्द्रीय संयोजक रामकुमार थेवेले बधाई तथा सुभकामना दिनुभयो । सुभकामना तथा बधाई मन्तव्य राख्दै  संयोजक रामकुमार थेवेले मुलुक अस्थीरताको खाडलमा फसेकाले युनियनका सवै प्रतिनिधि इमान्दार भएर काम गर्न आग्रह गर्नु भयो ।

उहाले प्रदेशका केहि कर्मचारी अझै पनि भ्रममा रहेकाले स्पष्ट विचारधारका ब्यक्तीहरुलाई युनियनमा आवद्धता गराउन र कर्मचारी हरुको हित नेपाल विधुत प्राधिकरण कर्मचारी युनियनले मात्रै गर्न सक्ने बताउनु भयो । कार्यक्रममा निवर्तमा अध्यक्ष कल्पना थापाले प्रदेशका हरेक कर्मचारिको भावना बुझेर काम गर्न नयाँ निर्वाचित कार्यसमितिलाई आग्रह गर्नु भयो ।


लुम्बिनी चिन्तन

थप समाचार