भैरहवा फागुन १८/
रुपन्देहीको ओमसतिया गाउ पालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि पारिश्रमिक आयोजना बिहिबार देखि वडा नम्बर ५ बाट सुरु भएको छ ।
आर्थिक बर्ष २०७८÷०७९ मा रोजगारीका लागि सुचिकृत भएका स्थानियहरुलाइ रोजगारी दिने उद्देश्य सहित आयोजना सुरु गरिएको रोजगार संयोजक अमृता पाण्डेले बताईन । जम्मा ६३ जना सुचिकृत भएको मध्ये वडा नम्बर ५ मा २५ जनालाइ रोजगारी दिइएको पाण्डेले बताइन । छानिएका २५ जनालाइ न्युनतम एक सयदिनको रोजगारी सुनिस्चित गरिएको छ। उनिहरुलाइ दैनिक ५ सय ७७ रुपैयाका दरले पारिश्रमिक दिइने पाण्डेको भनाइ छ । छानिएका २५ जना महिला श्रमिकले दैनिक७ घण्टा काम गर्नेछन ।
उनिहरुलाइ वडाकै सार्वजनिक एवम ऐतिहासिक स्थलहरुको सरसफाइ उनिहरुको मरम्मत, कुलो कुलेसो मरम्मत लगायतका काममा लगाइने ५ नम्बर वडाका वडाअध्यक्ष मदन प्रसाद पोखरेलले जनाए । पहिलो चरणमा वडा नम्बर ५, ४ र ३ का कामदार छानिएका गाउपालिका प्रवक्ता समेत रहेका पोखरेलले बताए । कामगर्दा स्थानिय एवम घरेलु औजार प्रयोग गरिने उनको भनाइ छ ।
आयोजनाको उदघाटन गर्दै ओमसतिया गाउपालिकाका अध्यक्ष मन्जित कुमार यादव (सोनु) ले पाएको रोजगारको गुनासो नआउने तरिकाले कामगर्न निर्देशन दिए । बेरोजगार अवस्थामा रहेका बिपन्न नागरिकलाइ रोजगारी दिने उद्देश्य सहित ल्याइएको यो कामको सदुपयोग गर्न समेत उनले आग्रह गरे ।
कामका लागि पारिश्रमिक आयोजनाको सहजीकरण रोजगार प्रविधिक शैलेन्द्र गुप्ता र रोजगार सहायक मनोज कुमार गुप्ताले गरेका थिए ।