भैरहवा । सगरमाथा ईन्स्युरेन्स कम्पनीको आयोजनामा सिद्धार्थ उद्योग वाणिज्य संघ सिद्धार्थनगरका नव निर्वार्चित पदाधिारीलाई तथा सदस्यलाई बधाई तथा शुभकामना प्रदान गरिएको छ ।
ईन्स्युरेन्स कम्पनी पुर्णत उद्योगी व्यवसायमाथि नै निर्भर पर्ने र उद्योगी व्यसवसायीहरुको क्षतिको जोखिमलाई कम्पनीले वहन गरिदिने हुंदा एक आपसको सम्बन्धलाई प्रगाढ बनाउने उदेश्यले नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई सम्मान गरिएको कम्पनी रिजनल म्यानेजर गोपाल ज्ञवालीले जनाए । 
सम्मान कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले उद्योगीको लगानीको सुरक्षा बीमा कम्पनीले गर्ने भएकाले इन्स्योरेन्स र उद्योगी व्यवसायीबीचको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिए । लगानीको साथ बैंकले दिएपनि त्यसपछिको जोखिममा ईन्स्युरेन्सको भुमिका रहने शर्माले बताए ।
सो अवसरमा आफ्ना भनाई राख्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य महेन्द्र कुमार श्रेष्ठले भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योगीका लागि आवश्यक पुर्वाधारमा सरकार उदासिन रहेको बताए । आवश्यक विद्युत लगायतका पुर्वाधार नहुंदा सेजमा समयमा उद्योग स्थापना गर्न नसकिएको बताए । सरकारले आफुले तयार गरेको निर्देशिका कार्यान्वयन नगर्दा उद्योगी त्यस क्षेत्रबाट पलायन हुने अवस्था आएको भन्दै सेज प्राधिकरणलाई झकझकाउनुपर्नेमा पत्रकार तथा उद्योगीहरुको ध्यानाकर्षण गराए ।
कार्यक्रममा सिद्धार्थ उद्योग संघका अध्यक्ष कुल प्रसाद न्यौपानेले उद्योगी व्यवसायी,बैंक र ईन्स्युरेन्सका बीचमा त्रिकोणात्मक सम्बन्ध रहेकोले एकआपसमा समन्वय हुन आवश्यक रहेको बताए ।
संघका नवनिर्वाचित अध्यक्ष भिष्म प्रसाद न्यौपाने, नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रदेशका अध्यक्ष रामराज उपाध्याय, लुम्बिनी प्रेस क्लब रुपन्देहीका अध्यक्ष नरेश के.सी.लगायतले बोल्दै संघको गरिमालाई उचो बनाउने गरी काम गर्न नव निर्वाचित समितिलाई शुभकामना दिए । कम्पनीका रिजनल म्यानेजर गोपाल ज्ञवालीको स्वागत तथा संचारकर्मी मनोरन्जन शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।