Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ


  • लुम्बिनी चिन्तन
  • माघ २९, २०७९ आइतवार
  • 292
    SHARES

लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । संविधानको धारा १६८ को उपधारा ९ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् ।

माओवादी केन्द्रका जोखबहादुर महरा आर्थिक मामिलामन्त्री, माओवादी केन्द्रका इन्द्रजित थारू भौतिक पूर्वाधार विकासमन्त्री नेकपा एमालेका विष्णुप्रसाद पन्थी स्वास्थ्यमन्त्री, एमालेका दुर्गाप्रसाद चौधरी वन तथा वातावरणमन्त्री, राप्रपाकी जानकीप्रसाद यादव उद्योग पर्यटन तथा यातायात व्यवस्थामन्त्री, एमालेका तुलसीराम शर्मा कृषि तथा भूमि व्यवस्थामन्त्री, जनमतका चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्री नियुक्त भएका थिए । उनले आइतबार शपथ लिएका हुन् ।

एक महिना बिनाविभागीय मन्त्रीको रूपमा रहेका एमालेका चेतनारायण आचार्यलाई खानेपानी ग्रामीण तथा शहरी विकासमन्त्री र माओवादीका कृष्ण केसीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । लीला गिरीले आफू मुख्यमन्त्रीमा नियुक्त भएको १ महिनापछि शनिबार मन्त्रीमण्डल विस्तार गरेका हुन् ।


लुम्बिनी चिन्तन

थप समाचार