भैरहवा माघ २९/
रुपन्देहीको मायादेवी–८ बसडिलवा स्थित घरमा चोरी गर्ने क्रममा पक्राउ परेका चोरलाई प्रहरीले उपचारको क्रममा भगाएको भन्दै आईतबार स्थानियले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा धर्ना दिएका छन् ।
बिहीबार मध्यरात नगद २ लाख, सुनचादी लगायतका बस्तु चोरी गर्ने क्रममा घरधनिले प्रतिकार गरी चोरलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएकोमा प्रहरीले उपचारका लागी मेडिकल कलेजमा लगेकोमा मेडिकल कलेज बाटै फरार भए पछि स्थानिय आक्रोसत बनेका थिए ।

स्थानीय ढकबहादुर कुँवरको घरमा चोरी गर्ने क्रममा स्थानियले पक्राउ गरि प्रहरीले जिल्ला लगाएको स्थानिय संकर ज्ञवालीले बताए । चोरीले चक्कु देखाएर मार्ने धम्की दिए पछि आत्तिएकी २३ वर्षिय छोरी भाग्ने क्रममा पहिलो तल्लाबाट हामफाल्दा गंभिर घाईते भएकी छन् । उनको मेरुदण्डमा गंभिर सम्स्या देखीएको छ । चोरी गरेर चोर भाग्ने क्रममा स्थानीयले पक्राउ गरेर नजिकै रहेको वडा प्रहरी कार्यालयको जिम्मा लगाएका थिए ।
चोर भनिएका पोखरा घर बताउने केशव सुनारको साथबाट चक्कु र ताला फोड्नका लागि प्रयोग भएको सामान बरामद भएको थियो । चोरी भएको २ लाख रक मभने भेटिएको छैन । प्रहरीले स्थानियले बुझाएको चोरलाई उपचारका लागी सरकारी अस्पताल भिममा लगे पनि त्यहा उपचार नभएको भन्दै मेडिकल कलेज लगेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपि श्यामु अर्यालले बताए ।

प्रहरीको निगरानीमा उपचार भइरहेको बेला चोरलाई टाका लगाउने भनी कोठामा लगेर प्रहरीलाई समान किन्न बाहीर पठाएको समयमा चोर भागेको थियो । चोर भागेको बिषयलाई लिएर स्थानिय जिल्ला प्रहरी कार्यालय जादां मुद्धा शाखामा रहेका प्रहरीले उल्टै स्थानिय संग दुरब्यावहार गरे पछि स्थानिय आक्रोशित भएका थिए । प्रहरीले समन्वय गर्ने क्रममा तिमीहरुले चोर भन्दै पिट्ने तिमीहरुलाई ज्यान मुद्धा लाग्छ भन्दै प्रहरीले धम्की दिएको स्थानियको भनाई छ । प्रहरी चोर संग मिलेको छ स्थानिय संकर ज्ञवालीले भने ।
स्थानियले आईतबार प्रहरी कार्यालयमा पुगी भगाईएका चोरलाई प्रक्राउ गरी कार्बाहीको माग गर्दै धर्ना दिएका थिए । यसै बिच सिद्धार्थनगर उधोग बाणिज्य संघको टोली पनि जिल्ला प्रहरी कार्यालय पुगी दोशीलाई कार्बाहीको माग गरेको छ ।