Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

लुम्बिनीमा सुरु हुने ‘श्री रामकथा प्रवचन’ को लागि भारतका प्रख्यात आध्यात्मिक गुरु मोरारी बापु लुम्बिनीमा


  • लुम्बिनी चिन्तन
  • माघ २३, २०७९ सोमवार
  • 642
    SHARES

लुम्बिनीमा सुरु  हुने ‘श्री रामकथा प्रवचन’ को लागि भारतका प्रख्यात आध्यात्मिक गुरु मोरारी बापु लुम्बिनीमा


भैरहवा माघ २३/
लुम्बिनीमा माघ २४ गते मंगलबारबाट सुरु  हुने ‘श्री रामकथा प्रवचन’ को लागि भारतका प्रख्यात आध्यात्मिक गुरु मोरारी बापु सोमबार  गौतमबुद्ध अन्तराष्टिय« विमानस्थल हुदै लुम्बिनी पुगेका छन् । बापु सोमबार दिउंसो ३ ः३० बजे चार्टर फ्लाईटमार्फत गौतमबुद्ध अन्तराष्टिय विमानस्थलमा अवतरण गरे लगत्तै भगवान बुद्धको जन्मस्थलको दर्शन गरी बुद्ध लुम्बिनी गार्डेन होटलमा तयार गरीएको आफ्नो आवासमा पुग्नुभएको छ । बापुले विमानस्थल परिसरमा रहेको बुद्धको प्रतिमाको केहविेर दर्शन गरी बाहिरिएका हुन् ।

murari bapu 3.jpg

आध्यात्मिक गुरु मोरारी बापुलाई एराईभल कक्ष्ँबाट वाहिरिने क्रmममा पञ्चकन्याले स्वागत गरेका थिए भने उनको स्वागतका लागि ठुलो संख्यामा समर्थक लाईनमा बसेका थिए । बापुको लुम्बिनीको आगमन सर्सत्र चासोको विषय बनेको छ । यहांका उद्योगी, व्यवसायी, धार्मिक संघ संस्था लगायतका विभिन्न तहका व्यतिmहरु उनको आगमनले लुम्बिनी क्षेत्रको पर्यटन बढ्ने र धार्मिक एकता, नेपाल भारतका जनताबीचको भावनात्मक नाता अझ बलियो हुने विस्वासमा छन् । बापुको लुम्बिनी आगमनले टा«भल व्यवसायीमा छुट्टै खुशी र आशा पलाएको छ । सोटो लुम्बिनी प्रदेशका अध्यक्ष संजय बजिमय ले भने । 

murari bapu 2.jpg

माघ २४ गतेदेखि लुम्बिनीको अन्तराष्ट्रिय ध्यान केन्द्रको सभाहलमा हुने ‘श्री रामकथा प्रवचन’ मा सहभागी हुने धार्मिक पर्यटकले लुम्बिनीका होटलहरु पहिले देखि नै बुक भई सकेका छन् । करिब १ सय ७० देशबाट मोरारी बापुका हजारौ अनुयायीहरु लुम्बिनी आउदै छन् । यसले यस क्षेत्रको होटल ब्यवसाय संगै स्थानिय ब्यपार पनि फस्टाउने लुम्बिनी होटल ब्यवसायी संघका अध्यक्ष गोविन्द ज्ञवालीको भनाई छ । 

लुम्बिनीमा रहेका करिब १ सय २५ वटा होटलहरु बुक भई सकेको ज्ञवालीले जानकारी दिए । ९ दिन सम्म चल्ने प्रवचनमा दैनिक १० हजार जनालाई ३ समय निःशुल्क प्रसाद आयोजकले खुवाउने जानकारी दिएका छन् । प्रसादमा प्रयोग हुने सामाग्री यसै क्षेत्रका ब्यवसायीले उपलब्ध गराउने भएकोले यहाको आर्थिक क्षेत्र गतिमान हुने ज्ञवालीको भनाई छ ।

आध्यात्मिक गुरु मोरारी बापुको लुम्बिनीमा ९१२ औं राम कथा आयोजना हुन लागेको हो । ‘सांचो प्रेम र करुणा’ को सन्देश लिएर विश्व यात्रामा रहेका उनले सबै धर्मका प्रमुख तीर्थ स्थलहरू एवम् प्रमुख स्थानहरूमा प्रवचन गर्दै आएका छन् । अभियान अन्तरगत भारतको बोधगया, सारनाथ तथा कुशीनगरमा रामकथा प्रवचन सम्पन्न भइसकेको छ । यस प्रकारका कार्यक्रमले पर्यटन प्रवद्धन हुनुका साथै मित्रवत भावना समेत बढ्ने नेपाल भारत मैत्री समाजका अध्यक्ष श्रीचन्द्र गुप्ताको विश्वास छ । murari bapu 1.jpg

नेपालमा पनि पछिल्लो डेढ वर्षमा तेस्रो पटक लुम्बिनीमा प्रवचन कार्यक्रमको आयोजना गरिएको हो । यसअघि सन २०२१ मा मुक्तिनाथ तथा २०२२ मा जनकपुरधाममा प्रवचन गरिएको थियो । यसैगरी काठमाण्डौं र भुसुण्डी सरोवर (तिलिचो ताल) मा समेत राम कथा बाचन भइसकेको छ । लुम्बिनीमा हुने प्रवचनमा भक्तजनका लागि निःशुल्क भोजन गराउनुका साथै कार्यक्रमका अवसरमा विश्व शान्तिको कामना गर्दै ९१२ वटा विरुवा लगाउने कार्यक्रम भएको संयोजक राजेश कुमार अग्रवालले जानकारी दिए । 

यस अघि सन २०१९ मा लुम्बिनीमा तय गरिएको प्रवचन कार्यक्रम कोरोना महामारीका कारण स्थगित भएको थियो । कार्यक्रमको भारतीय धार्मिक टेलिभिजन च्यानल आस्थाबाट १७० बढी देशमा प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको आयोजक प्रतिनिधि बिकास केडियाले जानकारी दिए । कथा कार्यक्रममा रुपन्देही, नवलपरासी, कपिलवस्तु लगायत सीमावर्ती भारतीय शहर तथा गाँउहरुबाट समेत कथा श्रवणका लागि सर्वसाधारणहरुलाई निमन्त्रणा गरिएको छ । कार्यक्रममा आधा बढी पहिलो पटक लुम्बिनीमा प्रवचन सुन्नका लागि आउने आयोजकको दाबी छ । यो कार्यक्रमले लुम्बिनीलाई विश्वसामु परिचित गराउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

यस्तै लुम्बिनी विकास कोषले धार्मिक र सामुदायिक सद्भाव कायम गर्न सम्बन्धित सबैमा अपिल गरेको छ । लुम्बिनी स्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा रामकथा प्रेमयज्ञ समितिबाट भारतीय धार्मिक गुरु मोरारी बापूबाट प्रवचन हुने कार्यक्रमको लागि हल प्रयोग गर्न अनुमती दिईएको विषयलाई लिएर सरोकारवाला संघ संस्थाहरुले चासो, चिन्ता र प्रश्नहरु उठाएर विज्ञप्ती, ध्यानाकर्षण र विरोध जनाएकोमा कोषले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आफ्नो धारणा सार्वजनिक गरेको हो । कोषका सदस्यसचिव सानुराजा शाक्यले आईतबार एक प्रेस विज्ञप्ती जारी गरि बौद्ध दर्शन, परम्परा विपरित नहुने गरि पवित्र उद्यान बाहिर लुम्बिनी साँस्कृतिक केन्द्रमा रहेको सभाहल मात्र प्रयोग गर्न दिइएको स्पष्ट पारे । नेपाल सरकारको लगानीमा बनेको सभाहल साझा धरोहर रहेको उल्लेख गर्दै कोभिडबाट खुम्चिएको पर्यटनलाई उकास्न सहयोग पुग्ने गरी आएका प्रस्तावित कार्यक्रमहरुलाई समझदारीका आधारमा हल प्रयोग गर्न अनुमति दिने गरेको विज्ञप्तीमा उल्लेख छ ।

 


लुम्बिनी चिन्तन

थप समाचार