Logo
२०८३, कार्तिक ८ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ८ गते

सिद्धार्थनगरको विकासका लागि जापानसगँ छलफल


  • लुम्बिनी चिन्तन
  • पौष १३, २०७९ बुधवार
  • 320
    SHARES

सिद्धार्थनगरको विकासका लागि जापानसगँ छलफल

 

कानपुर, (भारत), १३ पौष ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) र जापानबीच नगरपालिकामा विकासका योजनाहरु संचालनका लागि छलफल भएको छ ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानको नेतृत्वमा भारत भ्रमणमा रहेको टोलीले शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा विकासका लागि जापानसगँ छलफल भएको हो ।

सिद्धार्थनगरको तर्फबाट प्रमुख इश्तियाक अहमद खान, उपप्रमुख उमा अधिकारी, ईन्जिनियर विष्णु प्रसाद पन्थी, सब‐ईन्जिनियर चेतनारायण ज्ञवाली, नगर प्रमुखका स्वकीय सचिव (ईन्जिनियर) बरकत बादशाह शेख लगायत र जापनका तर्फबाट संसदीय उपरक्षा मन्त्री फूजीमारु सातोशी, पूर्व आइटी मन्त्री एवं आर्थिक तथा औद्योगिक विकास संसदीय समितीका संस्थापक अध्यक्ष (वर्तमान अध्यक्ष समेत) नाओकाजू ताकेमोटो, आर्थिक तथा औद्योगिक विकास संसदीय समितीका सल्लाहकार मोहम्मद जाबेद खान, जापानका विशेष सल्लाहकार अब्दुल रहमान खानबीच विकासका योजनाहरु संचालनका लागि भारतको उत्तर प्रदेशमा छलफल भएको छ ।

सिद्धार्थनगर नगरपालिकामा विकासका योजनाहरु संचालनका लागि जापानसगँ भएको छलफल सकारात्मक भएको नगर प्रमुख खानले बताए ।

meeting photo (1).jpeg

‘हामीले जापानसगँ शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा विकास गर्नका लागि छलफल गरेका छौँ’ उनले भने, ‘उहाँहरु यस विषयमा सकारात्मक हुनुहुन्छ ।’

संसदीय समितीका सल्लाहकार मोहम्मद जाबेद खानले सिद्धार्थनगर नगरपालिकामा विकासका आफुहरुले पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाए ।

जापानलाई कुनै पनि क्षेत्रमा विकास गर्न समस्या नपर्ने भन्दै सिद्धार्थनगरलाई आवश्यक शिक्षा, स्वास्थ्य, पर्यटन, भौतिक पूर्वाधार लगायत क्षेत्रमा जापानको आर्थिक तथा औद्योगिक विकास संसदीय समितीले सहयोग गर्ने उनले बताए ।

‘जापानले भारतको उत्तर प्रदेशमा ठूला परियोजना संचालन गर्न लागेको छ र अब नेपालको सिद्धार्थनगरमा पनि विकासका लागि सहयोग हुनेछ’ भाषा अनुवादक समेत रहेका सल्लाहकार खानले भने, ‘यसले नेपाल‐जापानको सम्बन्ध थप उचाईँ पुर्याउन मद्दत पुग्नेछ ।’

यस्तै सिद्धार्थनगरको विकासका लागि नगरपालिकाको टोलीले कानपुर भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ठ नेता फजल हुसैन खानसगँ पनि भेटवार्ता गरेको छ । वार्तामा खानले पनि सिद्धार्थनगरको विकासका लागि आफुले हरप्रयास गर्ने प्रतिवद्धता जनाए ।

सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले भ्रमणको क्रममा भएको छलफललाई सार्थकता दिनलाई नगरपालिकाले गृहकार्य सुरु गर्ने बताइन् । उनले जापानसगँको छलफलले नगरपालिकामा ठूला योजना संचालन गरिने र त्यसका लागि छलफल गरेर अघि बढ्ने बताइन् ।


लुम्बिनी चिन्तन

थप समाचार