Logo
२०८३, कार्तिक ८ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ८ गते

रुपन्देहीका उधोगि ब्यावसायिहरु द्धारा राष्ट्र्र बैक सिद्धार्थनगर शाखामा धर्ना


  • लुम्बिनी चिन्तन
  • पौष १२, २०७९ मंगलवार
  • 200
    SHARES

रुपन्देहीका उधोगि ब्यावसायिहरु द्धारा राष्ट्र्र बैक सिद्धार्थनगर शाखामा धर्ना

 

दिपेश पछाई , 
भैरहवा पौष १२/
बैंक तथा वित्तीय संस्थाले श्रृणीहरुलाई सहजीकरण नगरेको भन्दै रुपन्देहीका उधोगी ब्यावसायिहरु आन्द्योलीत भएका छन् । उनिहरुले नेपाल राष्ट्र्र बैक सिद्धार्थनगर शाखा अगाडी धर्ना दिएका छन् । श्रृणलगानी गर्दा कहा बाट र कसरी धेरै श्रृण प्रवाह गरेर बैकको लगानी बढाउने भनेर श्रृण लगानी गरेको बैक तथा बित्तिय संस्थाहरुले अहिले दवाव मुलक तरिका बाट श्रृण असुलेको उधोग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्माले बताए । बैकले उधोगी ब्यावसायीहरुलाई बिभिन्न शिर्षमका श्रृण थप गर्दै सिढि चढाउदै लगेर अहिले तलबाट सिढिको टेको नै निकालेर उधोगीहरुलाई लडाउने काम गरेको बताए । यो अवस्थामा उधोगीहरुले ब्याज किस्ता तिर्न सक्ने अवस्थामा छैन्न् राष्ट्र बैकले सहजीकरण गरेर निकास निकाल्ने ब्यावस्था गरोस भन्ने हाम्रो माग हो उनले भने । 
कोरोना महामारी पछिको विषम परिस्थितिमा पनि बैंक तथा वित्तीय संस्थाले ब्याज तथा किस्ताका लागि दबाब दिएर ज्यादती गरेको छ सिदार्थनगर उधोग बाणिज्य संघका अध्यक्ष भिष्म न्यौपानेले भने । त्यसकाविरुद्ध आन्दोलन गर्ने उद्योगी–व्यवसायीहरुले घोषणा गरेका हुन न्यौपानेले भने । हामीले उधोगी ब्यावसायिहरु संग बसेर  बैंक तथा वित्तीय संस्थाको ज्यादती एवं चालु पूँजी कर्जा निर्देशिका २०७९ को असरबारे टलफल चलाएका थियौ सहभागी उद्योगी व्यवसायीले बैंकिङ्ग क्षेत्रको आतंकले आफूहरु निकै तनावमा रहेको र आन्दोलन बाहेक अन्य बिकल्प नरहेको सुझाव आए संगै हामी आन्द्योलनमा होमिएका हौ संघका अध्यक्ष न्यौपानेले भने । 
सहज परिस्थिति हुँदा घरघरमा गएर माग र आवश्यकताभन्दा बढी कर्जा थोपर्ने काम बैंक कर्मचारीबाटै भएको, कर्जा दिएपछि ब्याजदर बढाउँदै लगेर ढाड सेकेको गुनासो गर्दै व्यवसायीहरुले अहिले आर्थिक मन्दी, ब्यापारमा शुन्यता र संकटको समयमा कर्जा असुलीका लागि अनावश्यक दबाब दिने गरेको उधोग ब्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल ज्ञवालीले बताए । 
निक्षेप जम्मा गर्न बैंकबीच प्रतिष्पर्धा भएका कारण अहिलेको अवस्था आएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेश कुमार अग्रवालले बताए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठले संगठित भएर अघि बढ्नुपर्ने बताए । 
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका कार्यसमिति सदस्य हरि बहादुर थापाले ब्याजदर घटाउने मात्र नभइ दीर्घकालीन रुपमा समस्या समाधानतर्फ लाग्ने उपाय खोज्नुपर्ने बताए । उनले ९ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने नियम लागू गर्नुपर्ने माग गरे । 
सिद्धार्थनगर उधोग बाणिज्य संघ , उधोग ब्यापार संगठन रुपन्देही , सिद्धार्थ होटल एशोसिएसन  , होटल तथा रेष्टुरेष्ट ब्यावसायि संगठन , लुम्बिनी होटल संघ , लुमिबनी ईट््टा उधाग ब्यावायि संघ लगायत जिल्लामा रहेका २० बढी ब्यावसायिक संस्थाहरुले बिरोध जनाउदै  संस्थाहरुमा आबद्ध उधोगी ब्यावसायिहरु धर्नामा सहभागी भएका थिए ।
सिदार्थनगर उधोग बाणिज्य संघमा जम्मा भएका ब्यावसायिहरु बिभिन्न मागहरु लेखिएको ल्पेकार्डहरु बोकेर धर्नामा सहभागी भएका थिए । 

 


लुम्बिनी चिन्तन

थप समाचार