Logo
२०८३, कार्तिक ८ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ८ गते

पाल्पामा घडेरी खन्दा भेटियो तोपका गोला


  • लुम्बिनी चिन्तन
  • पौष ५, २०७९ मंगलवार
  • 254
    SHARES

पाल्पामा घडेरी खन्दा भेटियो तोपका गोला

भैरहवा, ५ पुस ।
पाल्पाको तानसेनमा घडेरी खन्ने क्रममा ठूलो संख्यामा तोपका गोला फेला परेका छन् । तानसेन नगरपालिका वडा नं. ४ गोलाखानामा घडेरी खन्ने क्रममा ती गोला फेला परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए । अहिलेसम्म ३०० गोला फेला परेका छन् । 

गोला भेटिएको जग्गा पाल्पास्थित नेपाली सेनाको हो । सोही ठाउँमा सेनाले गेस्टहाउस निर्माणका लागि घडेरी खनिरहेको छ । नेपाली सेनाले धेरै वर्ष पहिला जमिनमुनि ती गोला पुरेको हुनसक्ने प्रहरीले जनाएको छ । अहिले ती गोला तानसेनस्थित सेनाको गणमा राखिएको छ । फेला परेका गोला यहाँ के कसरी राखिएको थियो भन्नेबारे थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार