भैरहवा पौष १/
ट्र्रक ब्यावसायिहरुले भारतीय मालवहाक ट्र्कका कारण आप्नौ ब्यावसाय धरासायि भएको भन्दै भन्सार बिन्दु बाटै नियन्त्रण गर्न माग गरेका छन् । नेपाल ट्रक व्यवसायी महासंघ लुम्बिनी प्रदेशले शुक्रबार भैरहवामा बिरोध सभा गरि आन्दोलनको चेतावनी दिएको छ ।
उनिहरुले सुक्रबार भैरहवा भन्सार कार्यालय अगाडी धर्ना दिदै पल्टी गर्न नमिल्ने बाहेकका अन्य सबै माल वहाक भारतीय गाडीहरु भन्सार बिन्दु बाटै पल्टी गरेर फिर्ता पठाउनु पर्छ नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले भने ।
भारतीय ओभरलोड गाडीका कारण आफ्नो पेशा संकटमा परेको भन्दै ब्यावसायिहरुका माग सम्बोधन नभए नेपाली ट्रक ब्यवसायीहरुले आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति, लुम्बिनी ट्रक यातायात व्यवसायी संघ, बाणगंगा यातायात व्यवसायी समिति, राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी संघ, लुम्बिनी साना तथा मझौला व्यवसायी समिति र ढुवानी व्यवसायी समितिले संयुक्त रुपमा भैरहवा भन्सार कार्यालय अगाडी बिरोध सभा गरेका थिए ।
भारतबाट आउने ठूला प्रक्रृतिका समानलाई केही नगरे पनि पल्टि गरेर नेपाली ट्रकले बोक्न मिल्ने सामाग्रीको हकमा ओभरलोड नियन्त्रण गरिनु पर्ने नेपाल ट्रक यातायात व्यवसायी महासंघका लुम्बिनी प्रदेशका अध्यक्ष यमप्रसाद पाण्डेले बताए ।
भारतीय ओभरलोडका कारण नेपाल तर्फ सडक, पुल लगायतका भौतिक संरचनाको क्षति मात्र नभई आफ्नो पेशा नै संकटमा पर्न थाले पछि आन्दोलनको विकल्प नरहेको वरिष्ठ उपाध्यक्ष पोखरेलले भने ।
नेपाल सरकारले भारतीय ओभरलोड गाडीहरु ब्यवस्थापन गर्नुपर्ने र यसो नगरे एक मुठी पनि भारतीय ओभरलोड रहेका समान नेपाल छिर्न नदिने चेतावनी दिए ।
मालवाहक सवारी साधनको भारवाहन नियमन सम्बन्धि निर्देशिका २०७४ तथा ओभरलोड सम्वन्धी प्रचलित कानुन अनुसार क्षमता भन्दा बढी भार बोक्नेलाई भन्सार बिन्दुमै पल्टी गराउने व्यवस्था छ ।
नेपालका सडक र पुलको क्षमता अनुसार यो मापदण्ड निर्धारण गरिए पनि मालबाहक यस्ता सवारी साधनले आफ्नो क्षमता भन्दा दोब्बर बढी भार बोक्ने गरेका छन् । भन्सारले ओभरलोड भएका बस्तुहरु भन्सार बिन्दुमै मिलान गर्नु पर्ने र यसो नगरे भन्सारकै अगाडी धर्ना बस्ने पाण्डेले बताए ।