Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

सिद्धार्थनगरमा स्वयंसेविकालाई झोला र छाता वितरण


  • लुम्बिनी चिन्तन
  • मंसिर १९, २०७९ सोमवार
  • 196
    SHARES

सिद्धार्थनगरमा स्वयंसेविकालाई झोला र छाता वितरण

भैरहवा, १९ मंसिर ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा १९ औँ महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ । ‘महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाको प्रतिवद्धता, स्वास्थ्य प्रवर्धनमा हाम्रो एक्येबद्धता’ को मुलनारा सहित स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको हो ।

सिद्धार्थनगर नगरपालिकाको कार्यालयले १९ औँ महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा आयोजित कार्यक्रममा नगरमा रहेका स्वयंसेविकाहरुलाई झोला र छाता वितरण गरेको छ । नगरको १३ वटा वडामा रहेका एक सय जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगर प्रमुख ईश्तियाक अहमद खान, उपप्रमुख उमा अधिकारी र प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले एक कार्यक्रमका बीच झोला र छाता वितरण गरे ।

झोलामा स्वास्थ्य साम्रगी राख्न र मौसम अनुकुल छाताको प्रयोगका लागि स्वयंसेविकाहरुलाई झोला र छाता वितरण गरिएको सिद्धार्थनगर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख गिता न्यौपाने पोखरेलले बताइन् । आयोजित कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका दिलकुमारी कुवँरले महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नो दायित्व पुरा गर्दै आइरहेपनि सेवा सुविधामा कमी भएको गुनासो पोखिन् ।

वडाहरुको टोल स्तरसम्ममा स्वयंसेविकाहरु खटिएर स्वास्थ्य क्षेत्रमा सेवा गर्दै आएका आइरहेका छन् । कार्यक्रमलाई सम्बोधन गद्र्रै प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले महिला स्वास्थ्य स्वयंसेविकाहरुको सेवालाई नगरपालिकाले उच्च मूल्याकंन गरेको भन्दै देखिएका समस्याहरु समाधान गर्दै अघि बढ्ने बताए ।

उपप्रमुख उमा अधिकारीले स्वयंसेविकाहरु चलायमन भए नगरका बालबालिकाहरु चलायमन हुने भन्दै नगरपालिकाको कार्यालयले स्वयंसेविकाहरुलाई साथमा लिएर अघि बढ्ने बताइन् । उनले महिला सुत्केरी कार्यक्रम प्रभावकारी ढंगले संचालन गर्ने गरी अध्ययन भइरहेकोले छिट्टै नै उक्त कार्यक्रम पनि संचालन हुने बताइन् ।

राज्यले स्वयंसेविकाहरुलाई प्रदान गर्नुपर्ने सुविधा कमी नै रहेको भन्दै अगामी दिनमा समस्याहरु सम्बोधन गर्दै लगिने उनले बताइन् । नगर प्रमुख ईश्तियाक अहमद खानले महिला स्वास्थ्य स्वयंसेविकाहरु माग जायज रहेको र मागहरु सम्बोधन गरिने बताए ।

उनले आफ्नै घर र परिवारका सदस्यको रुपमा सेवा गर्दै आएको भन्दै स्वयंसेविकाहरुलाई धन्यवाद व्यक्त गरे । उनले स्वयंसेविकाहरुले पाउने रकम केही नभएको भन्दै अगामी बजेट मार्फत समस्याहरु समाधन गरिने र अझ सेवाको भावनाले काम गर्न आग्रह गरे ।

सिद्धार्थनगर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख गिता न्यौपाने पोखरेलको संचालनमा सम्पन्न कार्यक्रममा वडा नम्बर ५ का वडाअध्यक्ष पुरनप्रसाद श्रेष्ठ, ७ का वडाअध्यक्ष दामोदर शर्मा घिमिरे, शिक्षा शाखा प्रमुख चेतनशील लम्साल, शिक्षा शाखा अधिकृत जानह्वी पाण्डे, समाजिक शाखा प्रमुख यादव सापकोटा, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थित रहेको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार