भैरहवा मंसिर १०/
रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) नेता दीपक बाेहरा निर्वाचित भएका छन् ।
बाेहराले बहालवाला गृहमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई पराजित गर्दै विजयी भएका हुन् । विजयी बाेहराले खाँणलाई २ हजार ६८१ मतान्तरले पराजित गरे ।
बाेहराले ३६ हजार ७१७ मत पाउँदा खाँणले ३४ हजार ३६ मत प्राप्त गरेकाे रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कृष्णराम काेइरालाले जानकारी दिए । उनी २०३६ र २०४२ सालमा रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए ।
२०७० सालमा रुपन्देही क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित बाेहरा २०७४ काे निर्वाचनमा भने तत्कालीन एमाले नेता घनश्याम भुसालसँग क्षेत्र नम्बर ३ बाट पराजित भएका थिए ।