Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

रुपन्देहीबाट प्रदेशसभामा एमालेका चाैधरी विजयी


  • लुम्बिनी चिन्तन
  • मंसिर १०, २०७९ शनिवार
  • 222
    SHARES

रुपन्देहीबाट प्रदेशसभामा एमालेका चाैधरी विजयी

भैरहवा मंसिर १०/

रुपन्देही क्षेत्र नम्बर ३(२) बाट प्रदेशसभा सदस्य नेकपा एमालेका नेता तुलसीप्रसाद चाैधरी विजयी भएका छन् । चाैधरीले नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र ढकाललाई २०१ मतान्तरले पराजित गरेका हुन् ।

प्रदेशसभामा निर्वाचित चाैधरीले १६ हजार ३९४ प्राप्त गर्दा काँग्रेसका ढकालले १६ हजार १९३ मत ल्याए । निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार नागरिक उनमुक्ति पार्टीकी नन्दकुमारी थापा चाैधरीले ५ हजार ९७८ मत पाइन् । यस्तै, हाम्रो नेपाली पार्टीका खड्कबहादुर रानाले ३ हजार ७३३ मत ल्याए । प्रदेशसभा सदस्यमा विजयी चाैधरी यसअघि पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए । उनी एमाले केन्द्रीय अनुशासन आयाेगका सदस्य हुन् ।


लुम्बिनी चिन्तन

थप समाचार