भैरहवा मंसिर १०/
गृहमन्त्री बालकृष्ण खांणलाई १८३९ मतान्तरले पछाडी पार्दै राप्रपाका बरिष्ठ नेता दिपक बोहोराले आप्नौ अग्रतालाई कायम राखेका छन् ।
रुपन्देही क्षेत्रनं ३ मा जनमुक्ती पार्टीको सर्मथन सहित सत्ता गठबन्धनका उमेदवार बालकृष्ण खांणले ३१ ह्जार ६ मत प्राप्त गर्दा एमाले , राप्रपा र जसपाको तालमेल बाट उमेदवार बनेका राप्रपाका बरिष्ठ नेता दिपक बोहोराले ३२८४५ मत प्राप्त गरेका छन् ।
सियारी गांउपालिकाको वडानं २,३ र ६ को ९२ सय मत गणना गन्न बांकी छ । हाल सम्म ८४ हजार ७४ मत गणना भएको छ । रुपन्देही क्षेत्रनं ३ क को मतगणना गर्दा राप्रपाका उमेदवार बोहोरा भन्दा अग्रता कायम राखेका खांण प्रदेस ख को मतगणना सुरु गरे संगै कमजोर बन्दै गएका थिए । प्रदेश क बाट ५ सय ५० बढीको मतान्तरमा अगाडी रहेका गृहमन्त्री खांण प्रदेश ख को करिव ४० हजार मत गणना गर्दा आप्नौ अग्रतामा रहेको मत गुमाउदै राप्रपाका उमेदवार बोहोराले १८ सय ३९ मतान्तरले अग्रता लिएका छन् ।