भैरहवा मंसिर ९,/
रुपन्देही क्षेत्रनं ३ मा गृहमन्त्री बालकृष्ण खांण र राप्रपाका बरिष्ठ नेता दिपक बोहोरा बिच कडा प्रतिसप्रधा देखिएको छ ।
सुरु देखी एक ले अर्कालाई पछयाउदै आएका उमेदवार द्धय खांण र बोहोरा बिच निकै रोचक प्रतिशप्रधा छ । जनमुक्ती पार्टीको समर्थनमा सत्ता गठबन्धन बाट उमेदवार बनेका नेपालि काग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खांणले २७ हजार १ सय ४६ मत प्राप्त गरेका छन् ।
एमाले , राप्रपा र जसपाको तालमेलमा राप्रपाका उमेदवार दिपक बोहोराले २७ हजार ६ सय २२ मत प्राप्त गरेका छन् । अहिले बोहोरा खांण भन्दा ४ सय ७६ मतले अगाडी छन् । बिहिबार सम्म अग्रता लिदै आएका खांण प्रदेश ख को मतगणना सुरु भए संगै पछाडि परेका छन् । खांणलाई आप्नै नगर तिलोतमा नगपालिका १३ र १४ वडा बाट कम मत परेको थियो । रुपन्द्येही ३ को प्रदेश क क्षेत्र बाट अग्रता लिदै आएका खांण प्रदेश ख को मतगणना सुरु भए संगै पछाडी परेका छन् ।