Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

३४ मतपत्रको फरक परे संगै रुपन्देही क्षेत्रनं २ मा मतगणना रोकियो


  • लुम्बिनी चिन्तन
  • मंसिर ९, २०७९ शुक्रवार
  • 400
    SHARES

३४ मतपत्रको  फरक परे संगै रुपन्देही क्षेत्रनं २ मा मतगणना रोकियो


भैरहवा मंसिर ९/
रुपन्देही क्षेत्रनं २ मा मतगणना रोकिएको छ । मतगणना स्थलमा कम्युटरमा राखिएको तथ्याड.क र गणना स्थलको मत पत्रको संख्या फरक परे पछि मतगणना रोकिएको छ । गणनाका क्रममा ३४ मत फरक परेपछि नेकपा एमाले बाहेक अन्य दलहरुले गणना बहिस्कार गरेका छन् ।  बिहान साढे पांच बजे देखी अबरुद्ध मत गणना अझै सुरु हुन सकेको छैन । 
मतगणनाको पछिल्लो बिवण अनुसार अब मत गणना गर्न करिव ६ हजार बांकी छ । निर्वाचन कार्यालयको तथ्याड.क अनुसार बिष्णु पौडेलले २३ हजार ७ सय ९३ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टिका गणेश पौडेलले २२ हजार ८ सय ८७ मत प्राप्त गरेका छन् । गठबन्धनको सर्मथनका उमेदवार केशव बहादुर थापा मगरले १९ हजार २ सय ६० मत प्राप्त गरेका छन् । 


लुम्बिनी चिन्तन

थप समाचार