Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

रुपन्देही २ (क) मा एमालेका लिला गिरी विजयी


  • लुम्बिनी चिन्तन
  • मंसिर ८, २०७९ बिहिवार
  • 268
    SHARES

रुपन्देही २ (क) मा एमालेका लिला गिरी विजयी



भैरहवा मंसिर ८ /
रुपन्देही क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार लिला गिरी विजयी भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दीर्घबहादुर केसीलाई हराउदै १७ हजार ६३२ मत प्राप्त गरी उनी विजयी भएका हुन् ।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दीर्घबहादुर केसीले १४ हजार ९ सय ९८ मत प्राप्त गरेका छन् । प्रदेशसभा सदस्यमा निर्वाचित गिरी एमालेबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका दावेदार हुन् । उनी शंकर पोखरेल नेतृत्वको सरकारमा उद्योग, वन तथा पर्यटन मन्त्री थिए । 


लुम्बिनी चिन्तन

थप समाचार