भैरहवा मंसिर ८/
रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार वासुदेव घिमिरे विजयी भएका छन् । उनले ९ हजार ७ सय मतान्तरसहित नेपाली कांग्रेसका भरत कुमार शाहलाई पराजित गरेका हुन ।
घिमिरेले ३६ हजार ८ सय २२ मत ल्याएका छन् । प्रतिस्पर्धी काग्रेस उमेदवार शाहले २७ हजार १ सय २० मत प्राप्त गरेका थिए ।
१ लाख २९ हजार १ सय ३५ मतदाता रहेको क्षेत्र नम्बर ५ मा ८५ हजार ७ सय ४ मत खसेको थियो ।