भैरहवा मंसिर ७/
रुपन्देहीको क्षेत्रनं २ मा राष्ट्र्यि स्वतन्त्र पार्टीका उमेदवारलाई पछि पार्दै एमालेका उमेदवार बिष्णु पौडेलले अग्रता बढाएका छन् । बिष्णु पौडेल स्वतन्त्र पार्टि भन्दा ७३८ मतले अगाडी छन् ।
बुधवार बिहान सम्म भएको २५ हजार १ सय ४५ मत गणना हुदा बिष्णु पौडेलले ८ हजार ५ सय ९४ मत प्राप्त गरेका छन् । मत गणना देखीनै निरन्तर अगाडी रहेका राष्ट्र्रिय स्वतन्त्र पार्टिका उमेदवार गणेश पौडेलले ७८५६ मत प्राप्त गरेका छने ।
त्यसैगरी सत्ता गठबन्धनको सर्मथन रहेको जनमुक्ती पार्टीका उमदेवार केशव थापाले ६६०२ मत प्राप्त गरेका छन् ।