भैरहवा मंसिर ७/
रुपन्देहीको निर्वाचन क्षेत्रनं ४ (ख)का नेपालि काग्रेसका उमेदवार वसिउद्दिन खाँ बिजयी भएका छन् । उनि ११ हजार ३ सय ५ मत ल्याई विजयी भएको निर्वाचन अधिकारी देवेन्द्र आचार्यले जानकारी दिए ।
कुल ४० हजार ९ सय ६३ मत मध्ये खाँ ११ हजार ३ सय ५ मत ल्याउदा उनका निकटतम् प्रतिद्धन्द्धी लोकतान्त्रिक समाजवादी पार्टीका मोहनलाल यादवले ८ हजार २ सय ६५ पाएका छन ।
जनमत पार्टीका अर्जुन प्रसाद जयसवालले ७ हजार ६ सय ६१ मत पाए ।