६ मंसिर, काठमाडौं ।
प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फ नेकपा एमाले र नेपाली कांग्रेसले पाएको मत एक लाख नाघेको छ ।
नेकपा एमालेले १ लाख १७ हजार ७७६ मत पाएको छ भने नेपाली कांग्रेसले एक लाख ६७७ मत पाएको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ५० हजार ८१४ मत र चौथो स्थानमा रहेको माओवादी केन्द्रले ४४ हजार ९५८ मत पाएको छ ।