Logo
२०८३, कार्तिक ८ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ८ गते

समानुपातिक मतमा एमालेको मत ८० हजार नाघ्यो, कांग्रेस दोस्रो र स्वतन्त्र पार्टी तेस्रोमा


  • लुम्बिनी चिन्तन
  • मंसिर ६, २०७९ मंगलवार
  • 114
    SHARES

समानुपातिक मतमा एमालेको मत ८० हजार नाघ्यो, कांग्रेस दोस्रो र स्वतन्त्र पार्टी तेस्रोमा

काठमाडौं, ६ मंसिर ।

मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनको मतगणना जारी छ। प्रत्यक्षतर्फ विभिन्न चार वटा क्षेत्रका मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना अपडेट भइरहेको छ।

निर्वाचन आयोगको तथ्यांकअनुसार अहिलेसम्म गणना भएको मतमा नेकपा एमाले अगाडि छ। एमालेले ८० हजार ३ सय ५९ मत कटाएको छ। अर्थात् एमाले त्यस्तै दोस्रोमा नेपाली कांग्रेस छ। कांग्रेसको मत ६८ हजार ५ सय २७ छ। समानुपातिक तर्फ तेश्रो स्थानमा भने रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी छ। स्वतन्त्र पार्टीले ३४ हजार ७ सय ६८ मत प्राप्त गरेको छ। स्वतन्त्र पार्टीले प्राप्त गरेको मत कांग्रेस र एमालेको मतको आधा भन्दा कम छ। अर्कोतर्फ स्वतन्त्र पार्टीलाई नेकपा माओवादी केन्द्रले पछ्याइरहेको छ।

माओवादी केन्द्रले ३० हजार ६ सय ९८ मत प्राप्त गरेको छ। माओवादीले स्वतन्त्र पार्टीसँगको अन्तर घटाइरहेको देखिन्छ। राप्रपाले १९ हजार ३ सय ५६ , जसपा नेपालले ५ हजार ९ सय ८३, जनमत पार्टीले ५ हजार ६ सय ११, नेमकिपाले ४ हजार ४ सय ४५, एकीकृत समाजवादीको ३ हजार ५ सय ४९ मत प्राप्त गरेको छ । हालको राजनीतिक दल सम्बन्धी ऐनअनुसार समानुपातिकतर्फ सिट सुरक्षित गर्न कुनै पनि दलले ३ प्रतिशत मत कटाउनुपर्ने हुन्छ। प्रतिनिधि सभाका लागि ११० सिटको बाँडफाँट समानुपातिकतर्फको यही मतका आधारमा हुनेछ। सदर मतको ३ प्रतिशत मत कटाउने दलले समानुपातिकमा सिट पाउने छन्।


लुम्बिनी चिन्तन

थप समाचार