भैरहवा मंसिर ६,/
राप्रपाका बरिष्ठ नेता दिपक बोहोराले रुपन्देही क्षेत्रनं ३ मा गृहमन्त्री बालकृष्ण खांण संगको मतान्तर घटाउदै लगेका छन् ।
९ हजार १ सय ४० मत गणना हुदा खांणले ३४ सय १९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धद्धी राप्रपाका बरिष्ठ नेता दिपक बोहोराले ३३ सय ६० मत प्राप्त गरेका छन् ।
बोहोरा खांड भन्दा ४९ मत पछि परेका छन् । रुपन्देहीको मायादेबी गांउपालिका वडानं ६ र ८ को मतगणना गर्दा ५ सय ५ मतको अग्रता रहेका गृहमन्त्री खांण तिलोतमा नगरपालिका वडानं १४ को मत गणना गर्दा पछि परेका छन् । गृहमन्त्रीकै भाई राम कृण खांण मेयर भएको तिलोतमा नगरपालिकामा खांड भन्दा बोहोराको ४ सय ५६ मत बढी प्राप्त गरेका छन् । खांडले १४ सय ७८ मत प्राप्त गर्दा बोहोराले १९ सय ३४ मत प्राप्त गरेका छन् ।