Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

मत गणना आज राति ९ बजेबाट : प्रमुख निर्वाचन आयुक्त


  • लुम्बिनी चिन्तन
  • मंसिर ४, २०७९ आइतवार
  • 300
    SHARES

मत गणना आज राति ९ बजेबाट : प्रमुख निर्वाचन आयुक्त

काठमाण्डौ मंसिर ४/

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौंलगायत तराईका जिल्लाहरुमा आज राति ९ बजेबाट नै मत गणना कार्य सुरु गरिने बताएका छन्। आइतबार भक्तपुरको युनिक नेपाल एकेडेमीस्थित मतदान केन्द्रबाट मतदान गर्दै उनले यस्तो बताएका हुन्।

आफ्नो मत खसालीसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थपलियाले यस निर्वाचनमा ७० प्रतिशत भन्दा बढी मतदान हुनेमा आयोग विश्वस्त रहेको बताए। उनले आज साँझ ५ बजे मतदान कार्य सम्पन्न हुनासाथ ७ बजेसम्म मतपेटिका संकलन गरी एक घण्टा छलफलको समय राखेर आजै राति ९ बजेदेखि मतगणना कार्य प्रारम्भ हुने बताए।

हिमाली जिल्लामा भने मतपेटिकाहरु आजै जम्मा गर्न नसकिने भएकाले भोलि बिहान ५ बजेसम्म सबै मतपेटिक जम्मा गरी मतगणना कार्य प्रारम्भ गरिने बताए। आगामी ८ दिनभित्रमा प्रत्यक्षतर्फको र मंसिर २२ गतेभित्रमा सबै नतिजा आउने उनले स्पष्ट पारे।

‘हिमाली जिल्लामा मतपेटिका आज नै जम्मा गर्न नसकिने भएकाले भोलि बिहान ५ बजेबाट मतगणना शुरु गर्ने भनेका छौँ । ८ दिन भित्रमा सबै नतिजा दिने तयारीमा छौँ । मंसिर २२ गते भित्रमा सबै नतिजा आउनेछ,’ उनले भने।


लुम्बिनी चिन्तन

थप समाचार