भैरहवा, ४ मंसिर ।
गृहमन्त्री बालकृष्ण खांणले देशभर प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचन शान्तिपूर्ण भएको बताउनुभएको छ । रूपन्देही जिल्ला क्षेत्र नं ३ मा रहेका मतदान स्थलहरु अबलोकन गर्दै गृहमन्त्री खांणले भन्नुभयो, मतदाताहरु उत्साहका साथ मतदान गर्दै हुनुहुन्छ, देशभरी नै शान्तिपूर्ण रुपमा निर्बाचन प्रारम्भ भएको छ सरकारको प्रत्यत्न पनि निर्बाचन शान्तिपूर्ण होस भन्ने रहेको छ ।