भैरहवा । बिश्व जलबिन्दु सचेतना सप्ताह अन्तर्गत आंखा सम्बन्धि विभिन्न सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको छ । आंखाको स्वास्थ्यको क्षेत्रमा लामो समयदेखि विभिन्न विशेषज्ञ सेवा प्रदान गर्दै आईरहेको नेपाल नेत्र ज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पतालले बिश्व जलबिन्दु सचेतना सप्ताह अन्तर्गत जलबिन्दुबाट हुन सक्ने दृष्टि बिहिनता शीर्षक अन्तगत निबन्ध प्रतीयोगीता आयोजना गरेको थियो ।
बालबालिकामा आंखामा हुनसक्ने जलविन्दुको समस्या र यसको रोकथामको विषयमा सचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको उक्त निबन्ध प्रतियोगीतामा १४ जना प्रतियोगी सहभागी भएका थिए । प्रतियोगितामा प्रतिभा पन्थी प्रथम, अरुणा देवकोटा दोस्रो र नितु गुप्ता तृतिय भएका थिए ।
कार्यक्रम लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पतालका सह. प्रा. डा शुसिला पटेलको सभापतित्व, अस्पताल व्यवस्थापन समिताका अध्यक्ष सागर प्रताप राणाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रमको बारेमा सह.प्रा .डा. कबिन्द्र बज्राचार्यले जानकारी दिए । जलबिन्दुको बारेमा डा. मिराज पोख्रेलले र नेत्र ज्योति संघ,रुपन्देही शाखाका सभापति कमलराज जोशी लगायतले सहभागीलाई धन्यावाद तथा विजेतालाई बधाइ,शुभकामना व्यतm गरेका थिए ।संजिव अधिकारीको संचालनमा भएको कार्यक्रममा विजेतालाई पुरसकार समेत प्रदान गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालले दिवसको अवसर पारेर हरेक वर्ष यस्ता कार्यक्रमलाई निरन्तरता दिने समेत जनाएको छ । अस्पतालामा बालबालिकादेखि हरेक उमेर समुहका व्यतिmहरुका लागि आंखाको उपचार व्यवस्था, नयां प्रविधिबाट सबै प्रकारका शल्यक्रिया सेवा दिईदै आएको छ । आंखा उपचारका लागि नेपालका विभिन्न जिल्ला,प्रदेश लगायत भारतबाट समेत ठुलो संख्यामा आंखाका विरामीहरु आउने गरेका छन् । अस्पतालले कोरोनाको समयमा समेत सुरक्षा सावधानी अपनाएर आफ्ना सेवाहरुलाई निरन्तरता दिएको थियो ।,