Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

देशभर ९०३ बम डिस्पोजल टिम परिचालन


  • लुम्बिनी चिन्तन
  • मंसिर २, २०७९ शुक्रवार
  • 220
    SHARES

देशभर ९०३ बम डिस्पोजल टिम परिचालन

काठमाण्डौ मंसिर २/

निर्वाचन सुरक्षाअन्तर्गत नेपाली सेनाले नौ सय ती वटा बम डिस्पोजल टिम खटाएको छ। मतदानको दिन नजिकिँदै गर्दा चुनावविरोधी समूहले विष्फोटक तथा शंकास्पद वस्तु राखेर तर्साउने प्रयास गरेपछि सेनाले देशैभरि यसका लागि विशेष टोली खटाएको हो। 

शुक्रबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहसचिव विनोद प्रकाश सिंहले नौ सय तीन वटा बम डिस्पोजल टिम खटिसकेको र आवश्यकताअनुसार एक हजार ५० हजार वटासम्म यस्ता टोली खटाइने जानकारी दिए। 

केही दिन यता राजधानीलगायत विभिन्न ठाउँमा शंकास्पद वस्तु भेटिएका छन्। त्यस्ता वस्तु तत्कालै डिस्पोजल गर्न नेपाली सेनालाई जिम्मा दिइएको छ। 

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित रुपमा सम्पन्न गर्न विशेष सुरक्षा योजना तर्जुमा गरी सुरक्षाकर्मी परिचालन गरिएको गृह सचिव सिंहले बताए। पछिल्लो समय केही समूहले चुनाव विरोधी गतिविधि गरिरहेकोमा त्यस्ता गतिविधि सह्य नहुने र कडा रुपमा प्रहरी प्रशासन पस्तुत हुने उनले बताए। 

निर्वाचनमा दुई लाख ९८ हजार पाँच सय ७९ सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ। जिल्लादेखि केन्द्रसम्म संयुक्त निर्वाचन कार्यसञ्चालन केन्द्र स्थापना गरी सुरक्षा समन्वयलाई प्रभावकारी बनाइएको गृहसचिव सिंहले बताए। 

मौन अवधिमा राजनीतिक दल तथा उम्मेदवारहरुले पालना गर्नुपर्ने नियम र आचारसंहिता उल्लंघन लगायतका विषयको अनुगमकन लागि हरेक निर्वाचन क्षेत्रमा घुम्ती टोली खटाइएको मन्त्रालयले जनाएको छ। 

प्रमुख जिल्ला अधिकारीले प्रयोग गर्ने अधिकार प्रत्यायोजन गरी देशैभरि यस्तो टोली खटिएको छ। गृहको पत्रकार सम्मेलनमा नेपाली सेनाका रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक सहभागी थिए।


लुम्बिनी चिन्तन

थप समाचार