भैरहवा मंसिर २/
सिद्धार्थ उधोग बाणिज्य संघ रुपन्देहीले आर्थिक तथा पर्यटकीय क्षेत्रको प्रबद्र्धन गर्ने उद्देश्यसहित मंसिर २३ गतेदेखि पुस ४ गतेसम्म भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ गर्ने भएको छ ।
भैरहवामा सुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि कलासंस्कृति, पर्यटन, कृषि तथा औद्योगिक एवं व्यापार क्षेत्रमा सहयोग पुराउने उदेश्यले महोत्सव गर्न लागीएको संघका अध्यक्ष भिष्म न्यौपानेले जानकारी दिए ।
‘पर्यटन, कृषि र उद्योगको बृहत्तर विकास, राष्ट्रिय समृद्धिको आधार’ भन्ने नाराका आयोजना गरिएको महोत्सवमा रुपन्देहीलाई पर्यटकीय, औद्योगिक तथा ब्यापारिक केन्द्रको रुपमा बिस्तार गर्न, र यस क्षेत्रका विभिन्न जातजातिका कला–सांस्कृतिकोे संरक्षण गर्दै मुख्यतः सिद्धार्थनगर र लुम्बिनी प्रदेशको आन्तरिक र बाह्य पर्यटनलाई प्रबद्र्घन गर्ने, विभिन्न जिल्लाका मौलिक विशिष्टता बोकेको बस्तु तथा उत्पादनहरुको प्रर्दशनी तथा प्रवद्र्धन गर्ने उद्देश्यसाथ महोत्सव आयोजना गरिएको संघका अध्यक्ष एवं मेला मूल आयोजक समितिका संयोजक भीष्मप्रसाद न्यौपानेले जानकारी दिए ।
महोत्सवमा उद्योग तथा ब्यापारिक प्रतिष्ठान, स्थानीय घरेलु तथा साना उद्योग, महिला उद्यमी व्यवसायीहरुले भाग लिने यस लुम्बिनी राष्ट्रिय महोत्सव २०७९ मा २५० स्टलहरु रहनेछन्न् । , महोत्सवमा भवगान गौतमबुद्धसँग, लुम्बिनीसँग सम्बन्धित तिलौराकोट, देवदह, रामग्राममा अवस्थित पुरातात्विक पर्यटकीय क्षेत्रहरुमा विशेष प्याकेज बनाई भ्रमणको व्यवस्था समेत गराइनेछ ।’
संघका महासचिव विजय पाण्डेले उपभोक्ता र उत्पादक एवं किसानहरुको प्रत्यक्ष भेटघाट हुने महोत्सवबाट यस भेगमा उत्पादित कृषिजन्य वस्तुहरु माछा तथा यस क्षेत्रका कुटीर, घरेलु एवं राष्ट्रिय स्तरका उद्योगहरुबाट उत्पादित उत्पादनहरुको विशेष प्रस्तुतीकरण गरिने जनाए । यस क्षेत्रका विद्यालयहरुका विद्यार्थीहरुलाई विभिन्न प्रतियोगिताहरुका माध्यमबाट महोत्सवसँग जोड्ने र अकर्षण गर्ने कार्यक्रमहरु समेत आयोजना गरिने आयोजकले जनाएका छन् । करिब २ लाख ५० हजार दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको मेला अवधिमा करिब रु. १० करोड बराबरको कारोवार हुने अनुमान गरिएको अध्यक्ष न्यौपानेको भनाई छ । प्रचार संयोजक कृण्ण प्रसाद घिमिरे उधोग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा , सिदार्थ उधोग बाणिज्य संघका निवर्तमान अध्यक्ष कुल प्रसाद न्यौपाने , बरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठ लगायतले महोत्सवले ठप्प रहेको आर्थिक कारोवारलाई केही हद सम्म भए पनि चलायमान बनाउने अपेच्क्षा गरे ।