Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

१ गतेदेखि मौन अवधि, यो अवधिमा प्रचारप्रसार गरेको पाइए कारबाही हुन्छ : आयोग


  • लुम्बिनी चिन्तन
  • कार्तिक २९, २०७९ मंगलवार
  • 410
    SHARES

१ गतेदेखि मौन अवधि, यो अवधिमा प्रचारप्रसार गरेको पाइए कारबाही हुन्छ : आयोग

भैरहवा, २९ कात्तिक ।
निर्वाचन आयोगले निर्वाचन हुनुभन्दा ४८ घन्टा अघिबाट निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने बताएको छ । आयोगले निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८ घन्टाअघि निर्वाचन प्रचारप्रसारका कुनै पनि गतिविधि गर्न नपाउने उल्लेख गरेको भन्दै आसन्न निर्वाचनका उम्मेदवार र कार्यकर्तालाई यसबारे पुनः सचेत गराएको हो ।

मंगलबार निर्वाचन आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदानअघिका ४८ घन्टामा निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि कार्यक्रम गर्न नपाउने बताए । उनले विगतमा आयोगले मौन अवधि तोक्ने गरेको, तर यस वर्ष भने मौन अवधि नरहेकाले र यस समयलाई स्थिर समयको रूपमा प्रयोग गर्नुपर्ने बताए। उनले  मंसिरको १ गते राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसारसम्बन्धी सम्पूर्ण काम निषेध हुने बताए । उनले  कुनै पनि प्रकारको निर्वाचनसम्बन्धी प्रचारप्रसार गरेको पाइए निर्वाचन कसुर तथा सजाय ऐनअनुसार कारबाही गर्ने चेतावनी दिए । 

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन आसन्न मंसिर ४ गते एकै चरणमा हुँदै छ । आयोगले आसन्न निर्वाचनका लागि आफ्नो तयारी अन्तिम चरणमा पुगेकोसमेत बताएको छ । 


लुम्बिनी चिन्तन

थप समाचार