भैरहवा कातिक २६/
लायन्स क्लब अफ सिद्धार्थनगर प्रोगेसिभको आयोजनामा शनिबार भैरहवामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
३२५ पी अन्तरगत रहेका एरिया ५ भित्र रहेका १५ वटा लायन्स तथा लियो क्लवहरुको सकृयतामा रक्तदान कार्यक्रम सम्पन्न भएको लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभका अध्यक्ष सुनिल सेन्चुरीले जानकारी दिए । डेंगु रोगका कारण भएको रगत अभावलाई पुर्ति गर्नका लागी बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको सेन्चुरीले जानकारी दिए ।
एक एक संस्थाले छुट छुट्ै कार्यक्रम गर्दा धेरै रगत संकलन गर्न नसकिने अवस्था भएकाले एकै साथ सम्युक्त रुपमा कार्यक्रम गरिएको उनले बताए । कार्यक्रममा एक सय ५० जनाले रक्तदान गरेको एरिया चिफ संगम न्यौपाने जानकारी दिए ।
हरेक लायन्स क्लवले रक्तदान कार्यक्रम गर्दै आएको भए पनि यस पटक सबै मिलेर एकै स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरौ भनेर कार्यक्रम गरेको न्यौपानेले बताए ।
डेंगुका बिरामीहरुको लागी दैनिक तिन चार जनाको लागी रगत माग भै आएको अवस्थामा हामीले सम्युक्त रुपमा कार्यक्रम गरेको लायन्स क्लब का एरिया चिफ संगम न्यौपानेले बताए । क्लवहरुले छुट्र छुटै कार्यक्रम गर्दा भन्दा सम्युक्तमा काम गर्दा प्रभावकारी हुने भएकाले हामीले सम्युक्तमा कार्यक्रम गरेका हौ लियो क्लब अफ सिद्धार्थनगर प्रोगेसिभका अध्यक्ष राहुल रेग्मीले भने ।

कार्यक्रमका प्रमुख अतिथी लायन्स ३२५ पि का संस्थापक गर्भनर पिएमजेएफ नवराज न्यौपानेले बृहत रक्तदानले समाजमा लायन्सहरुको भुमिका महत्वपुर्ण छ भन्ने देखाएको बताए ।
कार्यक्रममा बिशिष्ठ अतिथि पिडिजि अरुण प्रताव राणा , बिनोद खरेल लगायतले लायन्सले समाज रुपान्तरणको क्षेत्रमा गरेका कामहरुको बारेमा आ आप्नौ धारणा राखेका थिए । कार्यक्रम प्रागेसिभ सचिव संजोग राज तिवारीको संचालनमा सम्पन्न भएको थियो ।