Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेकपालाई राजनीतिक मूलधारमा आउन गृहमन्त्री खांणकोे आग्रह


  • लुम्बिनी चिन्तन
  • कार्तिक २२, २०७९ मंगलवार
  • 466
    SHARES

नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेकपालाई राजनीतिक मूलधारमा आउन गृहमन्त्री खांणकोे आग्रह


भैरहवा कात्तिक २२ / 
गृहमन्त्री बालकृष्ण खाँणले नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेकपालाई राजनीतिक मूलधारमा आउन आग्रह गरेका छन् । 
रुपन्देहीमा आयोजित चुनावि सभामा बोल्दै गृहमन्त्री खांडले चन्द लाई राजनैतिक मुलधारमा आउन आग्रह गरेको बताउदै उनिहरु संग द्विपक्षीय वार्ता भएको बताएका छन् । 
नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मासँग भैरहवामा २ दिनअघि वार्ता भएको गृहमन्त्री खांणले बताए । 
तिलोत्तमास्थित करौजियामा आयोजित कार्यक्रममा बोल्दै कारागारमा रहेका बन्दीलाई प्रक्रिया मिलाएर छाड्ने, मुद्दा फिर्ता लिने लगायत विषय वार्तामा भएको बताए । 
‘पूर्ववर्ती सरकारले गरेको सम्झौता अनुसार कतिपय बन्दीहरुलाई छोडिसकेका उनले भने । अन्यका बिषयमा पनि कानुन संशोधनका लागि फाइल कानुन मन्त्रालयमा पठाइसकेको उल्लेख गरे ।
निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न र विद्रोहको बाटोमा लागेका समूहलाई मूलधारमा ल्याउन थरुहट समूहसँग पनि सरकारले वार्ताको पहल गरिरहेको उनले बताए ।


लुम्बिनी चिन्तन

थप समाचार