भैरहवा कात्तिक १५/
रुपन्देहीमा सोमबार बिहान शिशु सहित ३ जनाको ज्यान जाने गरी भएको दुर्घटनामा संम्लग्न चालक र गाडीलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटना पछि फरार रहेको गाडी फेला पार्ने लाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले २५ हजार पुरस्कार राशी रकम राखी सामाजीक संञ्जालमा सहयोग का लागी आब्हान गरेको थियो ।
गाडीको रड. र सडकमा भेटिएको गाडीको अगाडीको भागमा रहेको रातो स्टिरकलाई आधार मानी प्रहरीले सुचना जारी गरेको थियो । सो सुचनालाई आधार मानी गाडी चालकले गाडीमा रहेको स्टिकर देखीने गरी फेसबुकमा फोटो पोष्ट गरेको आधारमा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक रबिन्द्र रेग्मीले जानकारी दिए ।
सोमबार बिहान करिब ५ बजेको समयमा छठ पुजामा सहभागी हुन रोहिणि नदी तर्फ जादै गरेका ओमसतिया ४ का १४ वर्षीया सीमा कुर्मी, २८ वर्षीया प्रमिला कुर्मी र ३५ दिनको शिशुको गाडीको ठक्कर बाट मृत्यु भएको थियो ।
दुर्घटनामा शिसुकी आमा २४ वर्षीया बन्दना कुर्मी र सोही ठाउँ बस्ने २६ वर्षीया मन्जु कुर्मी घाइते छन् ।
सोमबार अपराहन्न रुपन्देही प्रहरीले संकास्पद गाडीको नमुना र रड. सार्बजनीक गर्दै गाडीको सुचना दिनेलाई २५ हजार पुरस्कार दिने घोषणा गरेको थियो ।
दुर्घटना स्थलमा गाडीको अगाडीको भाग भेटिएको र सोही प्रमाणमा एउटा तारा स्टिकर टासेको थियो । सोही प्रमाणका आधारमा फरार गाडी चालकको फेसबुकमा सोही स्टिरक माथी खुटा राखी फोटो फेसबुकमा पोष्ट गरेको प्रमाण भेटिएको सुचनाका आधारमा प्रहरीले गाडी रुपन्देहीको रोहीणी गांउपालीका वडानं ३ घर भएका बर्ष २३ का अजय कुमार चौधरीलाई नियन्त्रणमा लिएको हो ।
उनले दुर्घटना पछि बा ८ च ६५३२ नम्बरको टाटा ईण्डिका गाडी सिदार्थनगर नगरपालीका वडानं ४ पिप्रहीया गांउमा त्रिपालले छोपी राखेको अवस्थामा बरामद गरेको छ । चालक चौधरीलाई भने भैरहवाको गल्लामणी बाट नियन्त्रणमा लिएको थियो ।
उनलाई अदालतमा म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपि श्यामु अर्यालले बताए ।