भैरहवा कात्तिक १४ /
भैरहवा पारासी सडक खण्डको पननीमा ३५ दिनको शिशु सहित तिन जनाको मृत्यु भएको छ । छठ पर्व मनाउन रोहिणि नदी जाने क्रममा रूपन्देहीको ओमसतिया ४ मा कारले ठक्कर दिँदा एक शिशुसहित ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
नम्बर नखुलेको कारको ठक्करबाट मृत्यु हुनेहरूमा ओमसतिया ४ का १४ वर्षीया सीमा कुर्मी, २८ वर्षीया प्रमिला कुर्मी र ३५ दिनको एक शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा शिसुकी आमा २४ वर्षीया बन्दना कुर्मी र सोही ठाउँ बस्ने २६ वर्षीया मन्जु कुर्मी घाइते छन् ।
घाइतेको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ठक्कर दिएको गाडी फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। घाईतेलाई भेटन गृहमन्त्री बालकृष्ण खांण मेडिकल कलेज पुगेर घाईतेको उपचारमा कुनै कमी हुन नदिन अस्पताल प्रशासनलाई आग्रह गरेका छन् ।