भैरहवा । टाटा मोर्टसले नयां फरेवर रेन्जका गाडीहरु सार्वजनिक गर्दै यस क्षेत्रमा विक्री शुभारम्भ गरेको छ । नेपालका लागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. अन्तर्गत भैरहवाका लागि टाटाको आधिकारिक विक्रेता बुद्धम अटो मार्टले संयुक्त रुपमा पांच वटा नयां गाडीहरु आईतबार एक कार्यक्रका बीच सार्वजनिक गरी विक्री शुभारम्भ गरेको हो ।
रुपन्देहीको मणिग्राममा सिप्रदी ट्रेडिङ्गका पेसेन्जर भेहिकल प्रमुख सावन्त जंग सिंजापति र टाटा मोटर्सका कन्ट्री म्यानेजर अजित नारायण सिंहले उक्त गाडी अनावरण गरी सार्वजनिक गरेका थिए । यो संगै रुपन्देहीका भैरहवा,बुटवल लगायत अन्य क्षेत्रका लागि समेत विक्री शुभारम्भ भएको कम्पनीले जनाएको छ ।
टाटा मोटर्सले शक्तिशाली बि.एस. सिक्स ईन्जिन, इम्प्याक्ट २.० अन्तर्गत आकर्षक डिजाईनका टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभका गाडी बजारमा ल्याएको हो । टाटा नेक्सन जसले हालैमात्र ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गरिसकेको छ । ब्याचब्याक सेगमेन्टमा टाटा अल्ट्रोजले ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गरेको छ भने टियागो र टिगोरले फोर स्टार सेफ्टी रेटिङ्ग प्राप्त गरेका छन् ।
हालैमात्र ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टारमा टाटा नेक्सन परेको छ त्यस्तै ब्याचब्याक सेगमेन्टमा टाटा अल्ट्रोजले ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गरेको छ भने टियागो र टिगोरले फोर स्टार सेफ्टी रेटिङ्ग प्राप्त गरेका छन् । बदलिदो समयको माग अनुसार पुनः डिजाईन गरिएको टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ कार्य क्षमता, आरामदायी र सुरक्षाको दृष्टीकोणले पनि अरु भन्दा अग्रस्थानमा रहेको टाटा मोटर्स्को कन्ट्री म्यानेजर अजित नारायण सिंहले बताए ।
टाटा मोटर्स्का बिबिध रेन्जका गाडीहरु नेपाली ग्राहकहरुले लामो समय देखि अत्यन्त रुचाईएको हो । डिजाईन, सुरक्षा र आरामदायी टाटा गाडी निर्माणका मुख्य तिन आधारमा नै नयाँ जेनेरेशनका प्यासेन्जर गाडीहरु सार्वजनिक गरेका छौ सिंहले भने । साथै यस अवसरमा जुनसुकै कम्पनीका गाडिहरुसंग एक्सचेन्ज अफर राखिएको र शुभारम्भ अवधिभर गाडि बुकिङ्ग गर्ने ग्राहकलाई विशेष छुट प्रदान गरिने उनले जानकारी दिए ।
बि. एस. सिक्स रेन्जका अत्याधुनिक बिशेषतायुक्त गाडीहरु आफ्नो श्रेणिका अन्य गाडीहरु भन्दा संरचनागत र प्राविधिक दुबै दृष्टीकोणले अगाडी रहेको बुद्धम अटोमार्टका सेल्स हेड रुपेश बास्तोलाले भने । नेपाली उपभोक्ताहरुको बदलिंदो आवश्यकता र अपेक्षालाई पुरा गरी नेपाली बजारको ठुलो हिस्सा ओगट्ने विश्वासका साथ सेवा दिइरहेका छौ बास्तोलाले भने ।

सार्वजनिक भएको गाडीका विशेषता
नयाँ टियागो- १२०० सि.सि. ईन्जिन क्षमताको नयाँ टियागो को बनावट आकर्षक (स्पोर्टी) रहेको छ । उन्नत खालको सस्पेन्सन प्रणाली र एन्ड्रोइड अटो जस्ता पछिल्ला इन्फोटेन्मेन्ट सुविधाहरु भएको यो गाडी रातो, पहेलो, निलो लगाएत ६ वटा रङ्गहरुमा उपलब्ध रहेको छ । टाटा टियागो फोर स्टार सेफ्टी रेटिङ्ग पनि प्राप्त गर्न सफल भएकोे छ ।
नयाँ टिगोर- १२०० सि.सि. ईन्जिन क्षमताको नयाँ टिगोरमा डिजिटल इन्स्र्टुमेन्ट क्लस्टर र रिर्भसिङ्ग क्यामेरा जस्ता अत्याधुनिक सुविधाहरु रहेका छन् । मनमोहक बनावट सहित उत्कृष्ट सुरक्षाको बिशेषता भएको यो गाडी पाँचवटा रङ्गहरुमा उपलब्ध रहेको छ । टाटा टिगोरले पनि फोर स्टार सेफ्टी रेटिङ्ग प्राप्त गरेको छ ।
नयाँ नेक्सन- १२०० सि.सि. ईन्जिन क्षमता भएको नयाँ नेक्सनमा इरा (क्ष्च्ब्) जस्ता समुच्च प्रविधि जडान गरिएको छ । यस प्रविधिले गर्दा यो गाडी नेपालको सडक सुहाँउदो भएको कुरा कम्पनीले जनाएको छ । टाटा नेक्सन ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गर्न सफल गाडी पनि हो । इलेक्ट्रिक सनरुफ, इलेक्ट्रिक स्ट्याबिलिटी र कनेक्टेड कार टेक्नोलोजी लगाएतका नयाँ बिशिष्ट बिशेषताहरु भएको नेक्सन ६ वटा रङ्गहरुमा उपलब्ध रहेको छ ।
नयाँ अलट्रोज- १२०० सि.सि. ईन्जिन क्षमता भएको टाटाको नयाँ अल्ट्रोजको सम्पुर्ण बनावट अल्फा (ब्ीँब्) वास्तुकलामा आधारित छ । नेक्सनमा जस्तै आईआरए प्रविधि भएको यो गाडी आफ्नो श्रेणीमा सबैभन्दा सुरक्षित भएको कुरा ग्लोवल एनक्याप मार्फत प्रमाणित भैसकेको छ । साथै हृयाचब्याक सेग्मेन्टमा ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गरेको छ । यो रिदम, स्टाईल, लुक्स र अर्वन गरि चारवटा प्रकृतिमा उपलब्ध रहेको छ ।
नयाँ एच फाईभ- २००० सि.सि. ईन्जिन क्षमता भएको एच फाईभको सम्पुर्ण बनावट बिशिष्ट इःभ्न्ब्च्ऋ वास्तुकलामा आधारित छ । शक्ति, सुविधा र कार्यकुशलताको दृष्टीकोणले यो गाडी अतुलनीय भएको कम्पनिले जनाएको छ ।
