Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

कपिलवस्तुमा सशस्त्र प्रहरीको ट्रक दुर्घटना दुई जनाको मृत्यु, आधा दर्जन घाइते


  • लुम्बिनी चिन्तन
  • कार्तिक ४, २०७९ शुक्रवार
  • 332
    SHARES

कपिलवस्तुमा सशस्त्र प्रहरीको ट्रक दुर्घटना दुई जनाको मृत्यु, आधा दर्जन घाइते

भैरहवा कात्तिक ४/

कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार साँझपख जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ३ सिउटीमा भएको सशस्त्र प्रहरीको ट्रक दुर्घटनामा साइकलमा सवार यात्रुसहित एक जना सशस्त्र प्रहरीको मृत्यु भएको हो । 

चारनम्बरबाट तौलिहवा तर्फ जादै गरेको सशस्त्र प्रहरीको ट्रक अनियन्त्रित हुँदै साइकलमा सवार यात्रीलाई ठक्कर दिँदा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् ।

मृत्यु हुनेमा सवारी चालक सशस्त्र प्रहरी रमेश चौधरी रहेको प्रहरीले जनाएको छ । यस्तै स्थानीय अमर तङनामीको पनि निधन भएको प्रहरीको भनाई छ ।दुर्घटनामा आधा दर्जन बढी घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि बुटवल रिफर गरिएको छ । थप ४ जनाको सामुदायिक अस्पताल चारनम्बरमा उपचार भइरहेको छ ।

स्थानीयबासीले सशस्त्र प्रहरीको लापरबाही कै कारण ट्रक दुर्घटनामा परेको आरोप लगाएका छन् । 

स्थानीय प्रशासनले दुर्घटनाबारे अनुुसन्धान भइरहेको बताएको छ । 


लुम्बिनी चिन्तन

थप समाचार