Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

मुस्लिम समुदायद्धारा मुहम्मद जयन्ती कपिलवस्तुमा मनाईदै


  • लुम्बिनी चिन्तन
  • आश्विन २३, २०७९ आइतवार
  • 576
    SHARES

मुस्लिम समुदायद्धारा मुहम्मद जयन्ती कपिलवस्तुमा मनाईदै


इमरान खान , कपिलवस्तु असोज २३/
कपिलवस्तुमा मुस्लिम समुदायहरुले मुहम्मद जयन्ती हार्सौउल्लास का साथ मनाईै छ ।
 इस्लामधर्मका प्रवर्तक हजरत मुहम्मद सल्ललाहुताला वए वसल्लमको १४९७ औँ जन्मउत्सवमा देश भरिका मुस्लिमहरु हार्सौउल्लासका साथ हजरत मुहम्मद सल्ललाहुताला वए वसल्लमको १४९७ औँ जन्मउत्सव देश भरि रयाली निकाली धुमधामका साथ मनाइदै छन । 
त्यस्तै गरि कपिलवस्तु जिल्लामा लाखौ भन्दा बढि मुस्लिम समुदायहरुले रयालि निकाली हार्सौउल्लास का साथ हजरत मुहम्मद सल्ललाहुताला वए वसल्लमको १४९७ औँ जन्म उत्सव मनाइदै छन । 
नेपालको राष्ट्रिय झण्डा र इस्लामको झण्डा सहित निकालिएको रयालि कपिलवस्तु जिल्लाको कृष्णनगर , चन्द्रौटा, पकडी , तौलिहवा लगायातका बिभिन्न ठाँउ ठाँउमा आज परिक्रमा गरेका छन । 
त्यस्तै गरि कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा लाखौ भन्दा बढि मुस्लिमहरुले रयालि निकाली तौलिहवा बजार भरि परिक्रमा गरि कपिलवस्तु जिल्ला तौलिहवाको खेल मैदानमा आएर कोणसभामा परिणत भएको छ । 
स्थानीयहरू, युवाहरु तथा अग्रज व्यक्तित्वहरु तथा बालबालिकाहरुको सहभागितामा वृहत रयालि निकालीएको थिए । इस्लामिक क्यालेण्डरको तेस्रो महिना रवि – उल्ल – अव्वलको १२ तारिखको दिन नेपाली मुस्लिम सहित विश्वभरिका मुस्लिम धर्मावलम्बीहरुले विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरि हजरत मुहम्मद सल्ललाहुताला वए वसल्लमको १४९७ औँ जन्मउत्सव शदियौ देखि मनाइउदै आईरहेका छन धर्मगुरु हजरत मौलाना अलि हसन निजामि ले बताउनु भयो ।  
जब देखि नेपालमा लोकतन्त्रको स्थापना भयो देश धर्मनिरपेक्ष भयो तब देखि नै नेपालकै सविधानमा नेपाल का मुस्लिम समुदायहरुको विभिन्न चाड पर्वहरूको अवसरमा सर्वाजनिक बिदा दिने तर नेपाल सरकारले ( मोहम्मद डे ) मुस्लिमधर्मालम्बीहरुको १२ रवि – उल्ल – अव्वलको अवसरमा सार्वजनिक विदा दिदै आएकोमा अहिलेको सरकारले यो बिदा कटौती गरेरा मुस्लिम समुदायहरुलाई अवहेलना गरेका छन । 
नेपाल सरकारले असोज २३ आइतबार (मोहम्मद डे) मुस्लिमधर्मालम्बीको १२ रवि – उल्ल – अव्वलको अवसरमा सार्वजनिक विदा कटिएकोमा कपिलवस्तुका मुस्लिम धर्मावलम्बीहरुले नेपाल सरकार प्रति अक्रोशित पोखेका थिए ।
यस सरकारले मुस्लिम समुदायहरुको महान चाड पर्बहरु ईद—उल—फित्र (ईद), ईद—उल—अजह (बकरा ईद), पैगम्बर मोहम्मद हजरत मुहम्मद सल्ललाहुताला वए वसल्लमको जन्म जयन्ती ( १२ रबि—उल—अव्वल ), सब—ए—बरात, मोर्हरम समेतको चाड पर्ब सार्बजनिक बिदा नगरी मुस्लिम समुदायको हरेक निकायमा पहिचान सहितको समानुपातिक समाबेशी संबैधानिक हक अधिकार कुन्ठित हुने गरी भेदभाव प्रष्ट देखिएको हुदा संबिधानको र्मम मनसाय अनुरुप मुस्लिमहरुको छुट्टै पहिचान सहितको आरक्षणको ब्यवस्था गरी नेपाल सरकारले उक्त बिदाहरु संघिय सरकार र प्रादेशिक सरकार द्धारा सार्वजनिक सुचिमा राखी समाबेश गरी भन्ने माग समेत नेपाल सरकार सँग गरेको जमा मस्जिद आहले सुन्नत, तौलिहवाका अध्यक्ष अधिवक्ता राउफ अहमद खाँले बताउनु भयो ।
सम्पूर्ण मुस्लिमधर्मावलम्बीहरुले समेत नेपाल सरकार सँग मुस्लिम समुदायहरुको छुट्टै पहिचान सहितको आरक्षणको जोडदार माग गरेका छन । पैगम्बर हजरत मुहम्मद सल्ललाहुताला वए वसल्लमको जन्म सन ५७१ मा मक्कामा भएको थियो र ५३ वर्ष मक्कामा बिताएपछि उनी ५३ वर्षको आयुमा मदिना गएका थिए ।
इस्लामलाई संसारभर पूर्ण रुपमा व्यवस्थित गरेको सम्झनामा यस दिवसलाई मनाउन थालिएको हो । हजरत मुहम्मद सल्ललाहुताला वए वसल्लम मक्काबाट मदिना गएपछि हिजरी संवतको शुभारम्भ गरेको मानिन्छ ।       


लुम्बिनी चिन्तन

थप समाचार