भैरहवा असोज ११/
लुम्बिनीमा तिन बर्ष देखी वेवारीसे बनेको बिधुतिय बस तत्काल संचालन गर्न गृहमन्त्री बालकृष्ण खांणले निर्देशन दिनु भएको छ ।
४३ औ विश्व पर्यटन दिवसको अवसरमा बेलहीयामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै गृहमन्त्री खांणले पर्यटकको सुविधाका लागी एसियाली विकास बैंकले लुम्बिनी विकास कोषलाई अनुदानमा दिएका सवारी साधन तत्काल सचांलनमा ल्याउन कोषलाई निर्देशन दिनु भएको हो ।
के कारणले बस संचालनमा रहेका छैन्न् सचांलन गर्न नसक्ने भए सक्दीन भन्नुु परयो गृहमन्त्री खांणले भन्नु भयो । पर्यटकहरुको सहजताका लागी ल्याएको बसहरुलाई थन्काएर कवाड बनाउन पाईदैन । लुम्बिनी बिकास कोषले चलाउने हो भने अविलम्ब चलाउनुु पर्यो । हैन भने चलाउन सक्दैनौ भनेर हात उठाउनुु पर्यो उहाले भन्नु भयो ।
सचांलनमा कुनै नितीगत समस्या छ भने भन्नुहोस अन्तरमन्त्रालय सहजीकरण गर्ने छु गृहमन्त्री खांणले भन्नु भयो । कोष, पर्यटन ब्यबसायी, उद्योगी ब्यबसायी तथा सरोकारवालाहरुसगं विद्युुतीय बस सचांलनमा देखीएका समस्या र समाधानका उपायबारे समन्यात्मक बैठक राखेर सचांलनमा कुनै कठीनाई भएमा सोको जानकारी २४ घण्टा भित्र आफुलाई गराउन रुपन्देहीका प्रमुख जिल्ला अधीकारीलाई समेत गृहमन्त्रीले निर्देशन दिनु भयो । कार्यक्रममा स्थलमार्ग वाट नेपाल भित्रिएका पर्यटकहरुलाई स्वागत गरिएको थियो ।