भैरहवा । भैरहवाका ग्यास व्यवसायीहरुले सामुहिक रूपमा रुपन्देही साझा ट्रेडिङको स्थापना गरेका छन ।
भैरहवा क्षेत्रमा रहेर ग्यास सम्बन्धि व्यवसाय गर्दै आएका ४० जना व्यवसायीहरुको संयुक्त लगानीमा शनिबार उक्त ट्रेडिङ व्यवसायकाे उद्घाटन भइ सेवा सुरू भएको हो ।
अव्यवस्थित रुपमा रहेको ग्यास व्यवसायलाई एकै ठाँउबाट व्यवस्थापन गरेर सरकारले तोकेकै मुल्यमा उपलब्ध गराउने उद्देश्यका साथ ट्रेडिङको सुरुवात गरिएको ग्यास विक्रेता संघ भैरहवाका अध्यक्ष तथा ट्रेडिङका संचालक राम मिलन यादवले बताए । जो कोहीले जहाँ बाट पनि ग्यास बेचिरहेको अवस्था थियो, जोखिमको व्यवसायलाई निश्चित ठाउबाट व्यवस्थापन गरी ग्याससँग सम्बन्धित सबै सामाग्री थोक मुल्यमा व्यवसायीहरुलाई उपलब्ध गराउने अध्यक्ष यादवले भने ।
१ करोड चालु र दुई करोड चुक्ता पुजी सहित संचालनमा आएको ट्रेडिङको प्रमुख अतिथी उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण पसाद भण्डारीले उदघाटन गरे । हाललाई त्रिशुल र स्वास्तिक ब्राण्डको ग्यास रेगुलेटर, चुल्हा, पाइप लगायत ग्याससँग सम्बन्धित सबै प्रकारका सामागी थोक मुल्यमा व्यवसायीहरुलाई उपलब्ध गराउछौ, केही समय पछि सबै ब्राण्डको ग्यास कम्पनि सँग सम्झौता गरी उपभोक्ताले भोग्नु परेको विभिन्न कम्पनिका ग्यास साट्ने समस्या समाधान हुने यादवले भने ।
उदघाटन कार्यक्रममा बोल्दै नेपाल रोडा ढुङा तथा खानी उद्योग महासंघका केन्दिय उपाध्यक्ष चन्दमणि अधिकारी रामु, ग्यास विक्रेता संघ रुपन्देहीका अध्यक्ष पदिप पन्त, गोलीगढ टोल सुधार समितिका अध्यक्ष युवराज पाण्डे, त्रिशुल ग्यास पालिका व्यवस्थापक देवि पसाद भुसाल लगायतले बोल्दै उपभोक्ताको समस्या एकै ठाँउबाट हल गर्न ट्रेडिङले भुमिका खेल्ने बताए । अव्यवस्थित रुपमा बजारभित्र रहेका ग्यास पसलहरुबाट दुर्घटनाको जोखिम रहने हुदा स्थापित ट्रेडिङले निराकरणको भुमिका खेल्ने बताए ।
ट्रेडिङका संचालक अब्दुल रहमान खानको स्वागत तथा र्का संचालक फणिन्द पौडेल को संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।