Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सिद्धार्थनगर सुनचांदी ब्यावसायि संघको प्रथम अधिबेशन सम्पन्न, ब्यावसायिका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको गृहमन्त्री खाणको भनाई ।


  • लुम्बिनी चिन्तन
  • भाद्र १८, २०७९ शनिवार
  • 520
    SHARES

सिद्धार्थनगर सुनचांदी ब्यावसायि संघको प्रथम अधिबेशन सम्पन्न, ब्यावसायिका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको गृहमन्त्री खाणको भनाई ।


भैरहवा भदौ १८
सिद्धार्थनगर सुनचांदी ब्यावसायि संघको प्रथम अधिबेशन तथा दोस्रो साधारण सभा शनिबार भैरहवामा सम्पन्न भएको छ । 
साधारण सभाको उद्धघाटन गर्दै गृहमन्त्री बालकृष्ण खाँणले सुनचांदी ब्यावसायिहरुको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भयो । ब्यावसायिहरुको समस्याको बारेमा सरकार जानकार रहको बताउदै ब्यावसायिहरु माथी भएका बिभिन्न समस्याहरु समाधान गर्न प्रहरी प्रशासनलाई म यहि मन्च बाट निर्देशन दिनुन्छ उहाले भन्नु भयो । 

bal news 18.jpg
सो क्रममा बोल्दै उहाले नागरिकता बिधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारीत गरे पछि राष्ट्रपतिले प्रमाणिकरण गरिदिने विस्वास ब्यक्त गर्नु भयो ।   नागरिकता बिधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारीत गरे पछि राष्ट्रपतिले प्रमाणिकरण गरिदिने गृहमन्त्री बालकृष्ण खाँणले विस्वास ब्यक्त गर्नु भयो । संविधार बमोजिम नै राष्ट्रपतिले फिर्ता पठाएको बिधेयकलाई पुनः भोली राष्ट्रपति समक्ष पेश गर्ने खाँणले बताउनु भयो  ।  
खाँणले संविधानको धारा ११ मा रहेको ब्यवस्थालाइ कार्यान्वयनमा ल्याउन नागरिकता बिधेयक ल्याएको बताउनु भयो । अहिले नेपाली नागरिक आमा बुवाका लाखौ सन्तान अनागरिक रहेको कारण आधारभूत आवश्यकता पनि पूरा गर्न नसकेको जिकिर गर्नु भयो । सुनचाँदी ब्यवसायीहरुले सरकरको फितलो नितिका कारण ब्यवसाय धराशायी बनेकोले यस सम्बन्धि ठोस नीति बनाइदिन गृहमन्त्री बालकृष्ण खाणलाइ आग्रह गरेका थिए । सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ अध्यक्ष प्रकाशमणी विश्वकर्माले विद्यमान कानूनका कारण सुनचाँदी खरिद गरि बैंकबाट पसल सम्म ल्याउन विभिन्न किसिमको असुरक्षा महसुस हुने गरेको बताउनु भयो । 
सुनचाँदी व्यवसायको प्रष्ट मापदण्ड नहुनु, मागको तुलनामा अत्यन्तै कम सुन पाउनु, स्वदेशी कामदारको अभाव, खरिद प्रक्रिया अत्यन्तै झन्झटिलो हुनु लगायत पेशाका चुनौती रहेको सुनचांदी ब्यावसायि महासंघ बिज्ञ परामर्श समिती संयोजक प्रेम कुमार सेन्चुरीले बताउनु भयो । कार्यक्रममा दिपक कौषल , देबि चौधरी लगायतले बोल्नु भएको थियो । सो अवसरमा बिभिन्न संचारकर्मी , ब्यावसायिहरु सम्मानित भएका थिए । 
भैरहवा तथा यस आसपासमा छरिएर रहेका सुनचाँदी व्यवसायीहरुलाइ एकत्रित गरि २०७६ सालमा सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ दर्ता भएको हो । संघमा १ सय १५ जना व्यवसायीहरु आवद्द रहेका छन । अधिवेशनले नया नेतृत्व चयन गर्ने सचिव किस्मत रामदामले जानकारी दिनु भयो  । 


लुम्बिनी चिन्तन

थप समाचार