Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

भीम अस्पतालको अध्यक्षमा पुनः पद बहाली भए नारायण भण्डारी


  • लुम्बिनी चिन्तन
  • भाद्र १५, २०७९ बुधवार
  • 388
    SHARES

भीम अस्पतालको अध्यक्षमा पुनः पद बहाली भए नारायण भण्डारी

 

भैरहवा भदौ १५,
भीम अस्पताल विकास समितिको अध्यक्षमा नारायणप्रसाद भण्डारीले पुनः पद बहाली गरेका छन् । तीन वर्षका लागि अस्पताल विकास समिति अध्यक्षमा नियुक्त भण्डारीलाई हटाएर प्रदेश सरकारले २०७८ फागुन २३ गते सिद्धार्थ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कुलप्रसाद न्यौपानेलाई अध्यक्षमा नियुक्त गरेको थियो । 
८ महिना काम गरेपछि सरकारले भण्डारीलाई अध्यक्षबाट हटाएको थियो । त्यसपछि उनी सर्वोच्च अदालत गएका थिए । अदालतको आदेशले भण्डारी पुनः अध्यक्षमा बहाली भएका हुन् । न्यौपानेले बुधबार मात्रै पद छाडेका छन् । 
शुभेच्छुकसहित भण्डारी अस्पताल पुगेर पद बहाली गरेका हुन् । भण्डारीको पद बहालीमा एमाले नेताहरुका साथै उद्योगी–व्यवसायीको पनि बाक्लो उपस्थिति थियो । पद बहालीसँगै उनले अध्यक्षले गर्ने कामकाज सुरु गरेका छन् । पद बहाली गर्दै अध्यक्ष भण्डारीले सबैसँग मिलेर अस्पतालका समस्या समाधान गर्नतर्फ आफू लाग्ने बताउनु भयो ।
कोरोना महामारीको समयमा अस्पताललाई व्यवस्थित गर्न सफल भएको जनाउँदै आउँदा दिनमा पनि यसलाई अझै उत्कृष्ट बनाएर लैजाने प्रतिबद्धता जनाउनु भयो । 
सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले अस्पतालको स्तर बृद्धि र गुणस्तरीयता सुधार गर्न नगरपालिकाले सधै सहकार्य गरी सहयोग गर्ने बताउनु भयो । उहाले भण्डारी सक्षम युवा भएकाले अस्पतालको विकासमा उल्लेख्य काम गर्ने विश्वास व्यक्त गर्नु भयो । अस्पतालकी मेसु डा.शकुन्तला गुप्ताले विकास समितिसँग मिलेर अस्पताल सुधार र गुणस्तरीय सेवाका लागि काम गर्ने बताउनु भयो । सो अवसरमाअस्पतालका प्रसाशन प्रमुख गोबिन्द ज्ञवाली , कर्मचारीहरुले स्वागत गरेका थिए ।


लुम्बिनी चिन्तन

थप समाचार