Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा विशिष्ट विशेषज्ञ सेवा सुरु


  • लुम्बिनी चिन्तन
  • श्रावण २६, २०७९ बिहिवार
  • 2.8K
    SHARES

युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा विशिष्ट विशेषज्ञ सेवा सुरु


भैरहवा साउन २६
भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजले  देखी विशिष्ट विशेषज्ञ सेवा सुरु गरेको छ । 
मृगौला रोग सम्बन्धि, मुत्र रोग सम्बन्धि, न्यूरो शल्यचिकित्सा सम्बन्धि सेवा र मुटु, फोक्सो तथा रक्तनली शल्यक्रिया सम्बन्धि गरि ४ वटा सेवाहरुको कलेजले विशिष्ट विशेषज्ञ सेवा सुरु गरेको हो । एक कार्यक्रमका बिच रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले कार्यक्रमको उद्घाटन गर्नु भयो । 

ucms.jpg
उदघाटन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले कम शुल्कमा विशिष्टिकृत सेवाहरुलाई एकिकृत ढंगबाट प्रदान गर्दा बिरामीहरुको उपचारमा सहजता आउने बिस्वास ब्यक्त गर्नु भयो । उहाले मेडिकल कलेजको यो प्रयास सराहनिय रहेको बताउदै यसलाई निरन्तरता अन्य बहिरङ्ग सेवाहरुमा पनि लागु गर्न सुझाव दिनु भयो । मेडिकल कलेजका जनसम्पर्क अधिकृत शुसिल गुरुङ्गले बिहिबार देखी छुट्टै बिशिष्ट बिशेषज्ञ सेवा सुरु गरिएको जानकारी दिनु भयो । 

ucms 2.jpg
उहाले मृगौला रोग सम्बन्धि सेवाहरुको लागी डा. कृष्ण अग्रवाल, मुत्र रोग सम्बन्धि सेवाहरुका लागी डा. सगुन थापा, न्यूरो शल्यचिकित्सा सम्बन्धि सेवाको लागी डा. राजकुमार केसी र मुटु, फोक्सो तथा रक्तनली शल्यक्रिया सम्बन्धि सेवाहरुका लागी डा. सन्तोष साह जस्ता बिशेषज्ञ डाक्टरहरुको सुविधा उपलब्ध गराईएको जानकारी दिनु भयो । बिरामीहरुका लागि एक स्थानबाट उपचार तथा परामर्शको ब्यवस्था, रगत तथा पिसाब संकलन केन्द्र, बिरामी कुरुवा क्षेत्र, औषधी खरिदको ब्यवस्था लगायतको सुविधा रहेको बताए । यसैगरि बिरामीहरुको कुरुवाहरुको लागी पनि निशुल्क वाईफाई, तथा टेलिभिजनको ब्यवस्थापन गरिएको गुरुङ्गले बताउनु भयो । 

ucmms 1.jpg
हाललाई यो सेवाको लागी टिकट दर ३ सय रुपैया तोकिएको जानकारी दिदै उहाले यो टिकट एक सातालाई कायम रहने बताउनु भयो । कार्यक्रममा बोल्दै शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमारले यी सेवाहरु पहिला पनि अस्पतालले प्रदान गर्दै आएकोमा अहिले एकद्वार प्रणाली मार्फत ब्यवस्थापन गरिएको बताउनु भयो । मेडिकल कलेज पनि यस्ता प्रकारका जटिल रोगको उपचार गर्न सक्षम रहेको र काठमाण्डौं तथा विदेश गएर महङ्गोमा उपचार गराउनु पर्ने बाध्यताबाट बिरामीले छुटकारा पाउने डाक्टर सन्तोष साहले बताउनु भयो । भैरहवाको रानीगाउँमा रहेको युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजले लामो समय देखी मुटु सम्बन्धि सम्पूर्ण उपचारको लागि क्याथ ल्याव को व्यवस्था, जोर्नी फेर्नुपर्ने तथा हिप फेर्नुपर्ने सेवाहरुका साथै दूरविन प्रविधि बाट शल्यक्रिया, सुविधा सम्पन्न मुटुरोग विभाग (उच्च रक्तचाप, हृदयघात, पक्षघात तथा मुटु सम्बन्धी सम्पूर्ण सेवाहरु–इसिजि, इको, हल्टर, टिएमटि को व्यवस्था आदि) रहेको कलेजका प्रिन्सीपल हेमन्त हलवाईले बताउनु भयो । यस्तै दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरु, रेडियोलोजी विभाग (डिजिटल एक्सरे, अल्ट्रासाउण्ड, सिटि स्क्यान एमआरआई सेवा, मेमोग्राफी, फ्लोरोस्कपी, अत्याधुनिक आईसियू, एनआईसियू, पिआईसियू, सिसियू तथा एमआईसियूको व्यवस्था रहेको उहाले बताउनु भयो । 
अस्पतालले नेपाल सरकारको आमा सुरक्षा कार्यक्रम, निःशुल्क डायलासिस सेवा, सामाजिक सुरक्षा कार्यक्रम तथा स्वास्थ्य विमा कार्यक्रमको व्यवस्था निरन्तर प्रदान गर्दै आएको हलवाईले उल्लेख गर्नु भयो । मेडिकल कलेजमा ओपिडीमा दैनिक सरदर ८ सय जना र आकस्मिक सेवा सहित आईपिडीमा दैनिक ४ सय जनाले सेवा लिई रहेको अस्पतालका प्रमुख प्रशासकिय अधिकृत कमल राज ढकालले जानकारी दिनु भयो  । 


लुम्बिनी चिन्तन

थप समाचार