भैरहवा साउन १८,
भैरहवाका बिभिन्न पांच वटा लायन्स क्लबहरुको सकृयतामा बुद्ध चोक देखी देवकोटा चोक सम्मको सडकमा बृक्षरोपण कार्यको सुरुवात भएको छ ।
बुधवार एक कार्यक्रमका बिचमा सिदार्थनगर नगरपालिकाका मेयर ईस्तियाक अहमद खांनले बृक्षरोपण कार्यको सुरुवात गर्नु भएको हो । लायन्स क्लब अफ सिदार्थनगर , लायन्स क्लब अफ सिदार्थनगर प्रोग्रेसिव , लायन्स क्लब अफ सेन्टेरियल को आयोजना तथा लायन्स क्लब अफ सिदार्थनगर लेडियुथ र लायन्स क्लब अफ सिद्धार्थनगर सिर्जनसिलको सहआयोजनामा बृक्षरोपण कार्यक्रम सुरुवात भएको हो । बुद्धचोक बाट सुरु भएको बृक्षरोण कार्य देवकोटा चोक सम्म सकिन करिव एक हप्ता समय लाग्ने छ । नगरको सुरुदरताका लागी क्लवले सडकको बिच भागमा पांच फिट भन्दा अग्ला फक्सटेलका बिरुवा रोप्न सुरु गरेको हो ।

भैरहवाको हराभरा , सुन्दरताका लागी क्लबहरुले गरेको कार्यको सिद्धार्थनगरका मेयर खांनले प्रशंसा गर्नु भयो । बुक्षरोपण कार्य गरिसकेपछि यसको संरक्षणको कार्य प्राथमिकतामा रहेको बताउदै बृक्षरापण भएको क्षेत्रमा रहेको अवेवस्थित रुखहरुलाई हटाएर ब्यावस्थित गराउने उहाले बताउनु भयो ।

यो कार्यक्रम नगरपालिकाको सबैभन्दा उत्कृष्ठ बृक्षरोपण कार्य भएको डिस्ट्र्रिक ३२५ पि का गर्भनर पि एम जे एफ लायन नवराज न्यौपानेले बताउनु भयो । बिरुवा रोपेर मात्र नभएर ब्यवस्थित गर्न आवस्यक रहेको बताउदै जति बिरुवा रोपिन्छ सबै जोगाउनका लागी नगरपालिका र क्लबले समन्वय गर्दै अगाडी बढनु पर्ने बताउनु भयो ।

फक्सटेलको बिरुवाको बृक्षरोपण गरि क्लबलेनै संम्रक्षण गर्ने लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिवका अध्यक्ष सुनिल सेन्चुरीले बताउनु भयो । क्लबले बुद्धचोक देखी देवकोटा चोक सम्म एक सय २५ वटा फक्सटेलका बिरुवा रोपिएको बताउनु भयो । करिब २ लाख लाख रुपैयाको लागतमा सुरु भएको बृक्षरोपण कार्यक्रमले सिद्धार्थनगरको सुन्दरतामा थप सहयोग पुग्ने बताउनु भयो । यो बृक्षरोपण मात्र नभएर अहिले रोपिएको बिरुवा नगरको सुन्दरताको प्रतिक हुने पनि बिश्वास ब्यक्त गर्नु भयो ।

सिदार्थनगरको पुर्वाधार तयार भैसकेको अवस्थामा अब नगरको सुन्दताका लागी आबस्यक काम गर्नु पर्ने देखीएकाले नगरपालीका संगको समन्वयमा बृक्षरोपण कार्यको सुरुवात गरिएको कार्यक्रम संयोजक लायन दिपक कौषलले जानकारी दिनु भयो । नगरपालीकाले बृक्षरोपण गर्ने स्थानमा आबस्यक ८० थान रिड. सहयोग गरेको उहाले बताउनु भयो ।

यो बृक्षरोपण शहरको सुन्दरीकरणका लागी गरिएको हो । मेयरले आब्हान गरेको कार्यक्रममा लायन्स क्लवहरुले पनि साथ दिएको लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष चन्द्र थापाले बताउनु भयो । हामी सुरुवातको चरणमा छौ सिद्धार्थनगरलाई हाम्रो र राम्रो वनाउनका लागी क्लबका साथिहरुले सदैव साथ दिने उहाले बिश्वास ब्यक्त गर्नु भयो ।

लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष चन्द्र थापाको अध्यक्षता , कार्यक्रम संयोजक दिपक कौषलको स्वागत तथा लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिवका सचिव संजोग तिवारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।