भैरहवा साउन १६/
साई ग्लोबल एकेडेमी, साई ग्लोबल माध्यामिक बिध्यालय तथा कलेजको अध्यक्षमा हरी बहादुर थापा निर्वाचित भएका छन् ।
यस क्षेत्रको उत्कृष्ठ बिध्यालयका रुपमा परिचित बिध्यालयको हालै सम्पन्न २० औ साधारण सभा तथा १० औ अधिबेशन बाट अध्यक्ष पदमा थापा निर्वाचित भएका हुन । बिध्यालय ब्यावस्थापन समितीका अध्यक्ष लाल बहादुर बस्नेतको सभापतित्वमा सम्पन्न अधिबेशन बाट बिध्यालयको प्रबन्ध निर्देशकमा मोति प्रसाद पौडेल चयन हुनु भएको छ ।

त्यसैगरी बिध्यालयको रिक्त रहेको प्रिन्सिपल पदमा कौषल राज गौतम चयन हुनु भएको छ । त्यसैगरी बिध्यालय ब्यावस्थापन समितीको सदस्यहरुमा पिताम्बर तिवारी , लक्ष्मण ज्ञवाली, महेश भुर्तेल, केशव वेलवासे, कृष्ण मोहन कोहार र दिनेश मान अमात्य चयन हुनु भएको छ ।

बिध्यालय ब्यावस्थापन समितिका अध्यक्ष लाल बहादुर बस्नेतको सभापतिव्मा सम्पन्न कार्यक्रममा बिध्यालयका प्रबन्ध निर्देशक दिनेश मान अमात्यले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने सरोज कमल श्रेष्ठले लेखा प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम केशव नारायण श्रेष्ठको स्वागत तथा सहप्रार्चाय बिष्णु पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।